Hidden
एनआईसी एशिया बैंकको झन्डै साढे ४ अर्बको ऋणपत्र बिक्रि खुला
काठमाडौँ - एनआईसी एशिया बैंकले आज श्रावण ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले ४ अर्ब ४० करोडको बराबरको ४४ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो ।
कुल निष्काशन रकमको ६० प्रतिशत अर्थात् २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ भने ४० प्रतिशत अर्थात् १ अर्ब ७६ करोडको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
७ बर्षे अवधिको यस ऋणपत्रलाई ‘एन आई सी एशिया डिबेन्चर २०८३÷८४’ नाम दिइएको छ। यसमा लगानीकर्ताले अर्थ बार्षिक रुपमा भुक्तान हुने गरी १०.२५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्ने छन् ।
ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । उक्त ऋणपत्र छिटोमा साउन ९ तथा ढिलोमा भदौ ३ गतेसम्छिम आवेदन दिन सकिने छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...