tealaya add

काठमाण्डौं । एनआईसी एशिया बैंकले ४ अर्ब ४० करोड रूपैयाँ बराबरको बैंकले एक हजार रूपैयाँ अंकित दरका ऋणपत्र निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि रिणपत्र निश्काशन गर्ने प्रकृया अगाढि बढाउने भएको हो । बैंकले एक हजार रूपैयाँ अंकित ऋणपत्र जारी गर्ने अनुमति पाएको हो ।

कुल निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने २ अर्ब ६४ करोड रूपैयाँ बराबरको ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी ४० प्रतिशत, १ अर्ब ७६ करोड रूपैयाँ बराबरको सर्बसाधारणका लागि बिक्री खुल्ला गरिने छ ।

सात वर्षको अबधिमा परिपक्व हुने “एनआईसी एशिया ऋणपत्र २०८३ ८४” ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बैंकले यसअघि गत माग १३ गतेदेखि फागुन १३ गतेसम्म ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो ।बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा ६१ प्रतिशत मात्र बिक्री भएको थियो ।

बैंकहरूले आफ्नो पुँजीकोष बलियो बनाउन धमाधम ऋणपत्र बिक्री गरिरहदा लगानीकर्ता भने ऋणपत्रमा खासै आकर्षित नभएको देखिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...