1478958692 banner ad format

 
 

काठमाडौं । एनआईसी एसिया बैंकका अध्यक्ष जगदिश अग्रवालले आफ्नो बैंकमा १०० रुपैयाँ शेयर लगानी गर्नेले ३४ सय ९० रुपैयाँ नाफा कमाएको बताएका छन्।

बैंक २० औँ बर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले १९ कर्मचारी, १ शाखा र करिब आठ करोड रुपैयाँ चुक्ता पूँजी सहित क्षेत्रिय स्तरको वाणिज्य बैंकको रुपमा स्थापित बैंकले ऐतिहासिक छलाङ मारेको जानकारी दिएका हुन्।

आइएसओ ९००१ : २००८ प्रमाणपत्र पाउने एनआईसी एशिया एक मात्र बैंक रहेको एवं अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर अवार्ड सन् २००७ र २०१३ मा प्राप्त गरेको समेत उनले स्मरण गरे। उनले अहिले  बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक पाँच लाख ५० हजार, कर्जा ग्राहक २५ हजार भन्दा वढि रहेको समेत जानकारी दिए।

 

कार्यक्रममा बोल्दै बैंकका ब्राण्ड एम्बेसेडर मनिषा कोइरालाले ग्राहक मैत्री सेवा, रणनीति र वित्तिय समावेसी सोचबाट आफुलाई बैंकप्रति आत्मियता महसुस भएको बताइन्।
 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सन् २०२० सम्ममा शाखा सञ्जाल ३०० र एटिएम संख्या १००० पुर्याइ मुलुककै उत्कृष्ठ बैंक बन्ने योजना सुनाए।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood