annapurna add

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।

nic asiaग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै बैंकले आधुनिक र प्रतिस्पर्धी सेवा दिने क्रममा वि.सं. २०७१ सालदेखि सञ्चालनमा रहेका यो सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

एनआईसी एसिया सपोर्ट सेवा बैंकका ग्राहकहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा वर्षको ३६५ दिन नै र २४ सै घण्टा सम्पर्कमा रहीे ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्ने जनाएको छ । साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ । यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर१६६०–०१–७७७७१ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

साथै माबोइल नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिने बताइएको छ । यस सेवाको माध्यमबाट ग्राहकहरुले बैंकलाई दिने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहकलाई विशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर