1478958692 banner ad format

 
 

काठमाडौं । एनएमबी बैंक सञ्चालक समितिले ‘फर्दर पब्लिक अफरिङ (एफपिओ) निस्कासनको निर्णय गरेको छ। 

Banking News Nepal NMB bank min
 

बैंकको २३ औँ साधारण सभाले पूँजी वृद्धिकालागि एफपिओ जारि गर्ने सैद्धान्तिक निर्णय गरेकोमा सञ्चालक समितिले टुङ्गो लगाएको हो। बैंकले यसबारे नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ। 

बैंकले सर्वसाधारणको शेयर हिस्सा ४९ प्रतिशत पुर्याउन एफपिओ जारी गर्न लागेको हो। एक करोड १४ लाख १५ हजार कित्ता एफपिओ जारी गर्ने बैंकको तयारी छ। 
 

बैंकले अहिलेसम्म एफिओ निस्कासनको अनुमति माग गरेर नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन। अंकित मूल्य १०० रुपैयाँमा ४२२ रुपैयाँ प्रमियम थप गरि कित्ताको ५२२ रुपैयाँको दरले एफपिओ जारी अनुमति माग्ने बैंकको योजना रहेको स्रोतले जानकारी दियो। 
यसपाली बैंकले तेस्रो पटक एफपिओ जारी गर्न लागेको हो। यस अघि करिव ७/८ पहिले बैंकले सर्वसाधारणका लागि एफपिओ जारि गरेको थियो। चालु आर्थिक बर्षमै पनि तात्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक मर्जहुँदा भित्रिएको डच साझेदार एफएमओका लागि बैंकले एफपिओ जारि गरेको थियो।

 

बैंकले प्रस्ताव गरेकै मूल्यमा एफपिओ जारी गर्न पाए एक अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजीमा जानेछ। पाँच अर्ब ९५ करोडमध्ये बाँकी रकम जगेडा कोषमा जाने छ, जुन आवश्यक पर्दा वोनस सेयर जारी गरेर चुक्ता पूँजीमा परिणत गर्न सकिन्छ।

 

एफएमओको  एफपिओसमेत गरेर बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुगिसकेको छ। सर्वसाधारणको एफपिओबाट एक अर्ब १४ करोड बढ्दा बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ। बैंकले नाफाबाटै वोनस सेयर दिएर पूँजी ८ अर्ब पूर्याउने छ।

 

प्रकासित मिति

Loading...