NMB Bank after merger Om Development Bankराष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि एनएमबि बैंकले नाफामा छलाङ हासिल गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष बैंकको नाफा ५५ करोड ५ लाख थियो । ११ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनएमबि रिजर्बमा ४ अर्ब ६९ करोड रहेको छ ।बैंकको खराब कर्जा अनुपात(एनपिएल) १.९७ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७७.२७ प्रतिशत रहेको छ ।

बैंकको बेसरेट १०.३३ प्रतिशत रहेको छ ।

असोज मसान्तसम्ममा एनएमबि बैंकमा १ खर्ब २१ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब १० अर्ब रुपैयाँ रहेको छ ।

कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड १९ लाख ८८ हजार ७८९ रुपैयाँ नाफा आर्जन

 कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड १९ लाख ८८ हजार ७८९ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४.२६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकको नाफा ३५ करोड १८ लाख ३ हजार १२१ रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा २५ करोड ४८ लाख ८९ हजार ५७५ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा समेत सुधार देखिएको छ ।

बैंकको खुद ब्याज आम्दानी ८१ करोड ७६ लाख ९१ हजार ४८६ रुपैयाँबाट बढेर ९१ करोड ८५ लाख ४९ हजार २४१ रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा गत आवको पहिलो त्रैमसमा ५० करोड १० हजार ८७५ रुपैयाँबाट बढेर ५६ करोड ६२ लाख ९४ हजार ३११ रुपैयाँ पुगेको छ ।

९ अर्ब ५५ लाख ४१ लाख ३० हजार ४४० रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड १७ लाख ८० हजार ६७९ रुपैयाँ रहेको छ । ७८ अर्ब ३० करोड २८ लाख ९८ हजार ८६६ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७७ अर्ब २४ करोड ८४ लाख ७९ हजार ८८३ रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट घटेर १.०५ प्रतिशतमा झरेको छ । १६ रुपैयाँ ८३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...