Hidden
पोखरा फाइनान्सले साउन २५ गतेदेखि एफपीओ निष्कासन गर्ने
काठमाडौँ - पोखरा फाइनान्स लिमिटेडले साउन २५ गतेदेखि नयाँ सेयर (फर्दर पब्लिक अफरिङ, एफपीओ) निष्कासन गर्ने भएको छ। फाइनान्सले १७ प्रतिशत अर्थात ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो। फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। लगानीकर्ताले छिटोमा साउन २९ र ढिलोमा भदौ ७ सम्म एफपिओ भर्न सक्ने छन् ।
फाइनान्सले सय रुपियाँमा १ सय २० प्रिमियम थप गरी २२० मा एफपीओ निष्काशन गर्न लागेको हो । फाइनान्सले बोनस सेयर बितरण पश्चात कायम संस्थापक र साधारण शेयरधनीको अनुपात संस्थापक ५१ प्रतिशत र साधारण ४९ प्रतिशत बनाउन एफपीओ निष्काशन गर्न लागेको हो।
इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ४९०० कित्ताको लागि आवेदन दिन सक्ने छन् । एफपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आश्वा बाट मात्र आवेदन दिन सक्नेछन् ।साधारण सेयरमा निष्काशनमा साउन १ गतेदेखि आश्वा अनिवार्य गरिएको छ ।
फाइनान्सको गत कात्तिक ९ मा बसेको बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट वितरण गरिएको १३ दश्मलब ५० प्रतिशत बोनस पश्चात कायम चुक्ता पुंजीको १७ प्रतिशत एफपीओ निष्काशन गर्ने निर्णय गरेको हो। साथै सोहि बैठकले एफपीओ बितरण पश्चात कायम चुक्ता पुंजीबाट १५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेको थियो।
एफपीओ वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७५ करोड ४० लाख पुग्ने छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउनका लागि फाइनान्सले एफपीओ वितरण पश्चात १५ प्रतिशत हकप्र्द बिक्रि गर्ने जनाएको छ। चालु आर्थिक बर्षको चौथो त्रैमासमा फाइनान्सले ४ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
प्रकासित मिति