Hidden
प्रभु बैंकले पाँच देशमा सम्पर्क कार्यालय खाेल्ने अनुमति पायाे
काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रभुलाई प्रतिनिधि कार्यालय खोल्न सैद्धान्तिक सहमति दिएको हो। यस सगै प्रभु बैंकले एकै पटक पाँच देशमा प्रतिनिधि कार्यालय खोल्ने अनुमति पाएको हाे।
फाइल फाेटाे
बैंकले अस्ट्रेलियाको सिड्नी, भारतको नयाँदिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहार र बेलायतको एल्डरसट शहरमा सम्पर्क कार्यालय खोल्ने स्वीकृति पाएको हो।
बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामकीय निकायबाट उल्लेखित स्थानहरुमा बैंकको सम्पर्क÷प्रतिनिधि कार्यालय खोल्न स्वीकृति प्राप्त गरेपछि अन्तिम स्वीकृति राष्ट्र बैंकसँग माग्ने छ। त्यसपछि कार्यालय खोल्न पाउने छ।
बैंकका हाल १८६ शाखा, १३९ एटिएम, २३ वटा एक्सटेन्सन काउन्टर छन्।
याे पनि पढ्नुहाेस् : वित्तीय क्षेत्रमा जोखिम : बैंकहरुले खराब कर्जाबारे देखाएको तथ्यांक नै शंकास्पद
प्रकासित मिति
Loading...
Loading...
Loading...