Prabhu Bank isue debenturesप्रभु बैंकले आज कार्तिक २१ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो  ।

जस मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि र ६ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि गरिने बैंकले जनाएको छ  । सर्बसाधारणलाई बिक्रि गरिने ४ लाख कित्ता मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषलाई बिक्रि गर्नको लागि छुट्याईएको छ  । 

प्रभु बैंक डिबेन्चर २०८६' दिइएको १० बर्षे अवधिको यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशन गर्नको लागि  सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

लगानीकर्ताले छिटोमा कार्तिक २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन पर्न नसकेमा मंसिर २० गतेसमम्म आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । 

prabhu bank limited

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर