काठमाडौं। नेपालकै अति विकट मानिएको शे-फोकसुण्डो गाउँपालिकामा प्रभु बैंकले शाखा कार्यालय खोलेको छ। ४२ सय मिटर उचाईमा रहेको सो गाउँपालिकामा शाखा कार्यालय खोलि बैंकले बैंकिङ सेवा दिएको हो

Prabhu Bank

यातायात,संचार र विद्युत आपूर्ति समेत नभएको स्थानमा बैंकले सौर्य उर्जाबाट विद्युत निकालेर भिस्याट प्रविधिमार्फत अत्याधुनिक बैंकिङ सेवा दिएको छ । शाखा स्थापनाका लागि आवश्यक पर्ने निर्माण सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो।

 धेरै मेहेनत गरेर सबैभन्दा विकट स्थानमा शाखा खोलेको बैंकले जनाएको छ । शाखा खोल्नका लागि आवश्यक सामाग्री लैजान मात्रै पचास लाख भन्दा बढी खर्च भएको बैंकले जनाएको छ 

राष्ट्र बैंकले प्रत्येक गाउँपालिकामा बैंकका शाखा पुर्याउने निर्देशन अनुसार बैंकले यो ठाउँमा शाखा स्थापना गरेको हो। सडक नभएकोले दुई दिन हिडेर मात्रै यो स्थानमा पुग्न सकिन्छ।

शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिका रहेको बताउँदै त्यस्तो ठाउँमा बैंकको शाखा आउनु स्वागतयोग्य भएको स्थानिएको भनाइ छ । 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...