annapurna add

काठमाडौं । अत्यावश्यक सेवा उपलब्ध गराउने प्रत्याभूतिसहित सरकारले मंगलबारदेखि १ हप्ता लकडाउन गर्ने निर्णय भएको छ । तर सरकारको अत्यावश्यक सेवाको सूचीमा बैंकिंङ सेवालाई समावेश गरिएको भने छैन ।

भोलिबाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने (निर्णयसहित)

lockdow bankनेपाल राजपत्रमा पछिल्लोपटक प्रकाशित सूचनामा अत्यावश्यक सेवाको सूचीमा परे पनि पछिल्लो निर्णयमा यो अत्यावश्यक सेवाको सूचीमा नपरेपछि भोलि बैंक खुल्छ कि खुल्दैन भन्ने अन्यौलता सिर्जना भएको छ ।

बचत गर्ने माध्यमको रुपमा रहेको बैंक नै अत्यावश्यक सेवाको सूचीमा नपरेपछि लकडाउनको समयमा दैनिक आवश्यकता पूरा कसरी गर्ने भन्नेमा नागरिकहरु चिन्तित भएका छन् ।

तर नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा पूर्ण रुपमा बन्द नहुने जनाएको छ । राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीले प्रशासनबाट विशेष पास लिएर निश्चित शाखाका क्यास काउन्टरहरु सञ्चालन गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

‘लकडाउनको समयमा सबै शाखाहरु नखुल्न सक्छन्, तर अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा पूर्ण रुपमा बन्द पनि हुँदैन ।

हामी जिल्ला प्रशासन कार्यालयसँग भोलि बस्छौं, कुनै मोडालिटीबाट बैंकका शाखाहरु खुलाउन पहल गर्छौं’ कायम मुकायम गभर्नर शिवाकोटीले भने । यद्यपि यसबारे गृह मन्त्रालय वा जिल्ला प्रशासनको निर्णय नै अन्तिम हुने संकेत राष्ट्र बैंकले गरेको छ ।

मंगलबार घोडेजात्रा भएका कारण उपत्यका बिदा छ । त्यसैले सदाझैं काठमाडौं उपत्यकामा बैंकका शाखा खुल्दैनन् । मंगलबार गृह मन्त्रालय र जिल्ला प्रशासनसँग बुधबारदेखि बैठक गरेर बैंकहरुलाई आवश्यक सर्कुलर गर्ने राष्ट्र बैंकको तयारी छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...