1478958692 banner ad format

 
 

काठमाडौँ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १६० प्रतिशत हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको छ। प्राइम लाइफ इन्स्योरेन्सले साबिक एक शेयर धनीलाई १.६० प्रतिशत हकप्रद जारी गर्ने भएको हो।

Prim Life Insurance Company

कम्पनीले ६१ करोड दुई लाख रुपैयाँ बराबरको ६१ लाख दुई हजार कित्ता शेयर निष्कासन गर्न सिद्धार्थ क्यापिटल मार्फत निवेदन दिएको हो। कम्पनीको १० कित्ता शेयर हुनेले १६ कित्ता हकप्रद पाउनेछन्।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्न निर्देशन दिएसंगै बीमा कम्पनीहलाई पूँजी वृद्धिको चाप परेको छ। समितिले आर्थिक वर्ष २०७५ सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब र निर्जीबन बीमा कम्पनीको एक अर्ब पुर्याउन निर्देशन दिएको छ।

लामो समयदेखि लेखा परिक्षण गराउन नसकेको कम्पनीले गत भदौ २७ गते मंगलबार चार आर्थिक बर्षको साधारणसभा एकै पटक गरेको थियो। कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्म चार आर्थिक वर्षको सातौं, आठौं, नवौं र दशौं साधारणसभा एकै पटक गरेको थियो। सोही साधारणसभाबाट कम्पनीले विशेष प्रस्ताव पारित गराउँदै बोनस पश्चात हकप्रद निष्कासन गर्ने जनाएको थियो।

कम्पनीले २५ प्रतिशत बोनस दिएको छ। गत वर्ष कम्पनीको चुक्ता पूँजी ४८ करोड ८१ लाख रुपैयाँ रहेको छ। जसमा बोनस थप गर्दा कम्पनीको चुक्ता पूँजी ६१ करोड रुपैयाँ पुग्ने छ।१६० प्रतिशत हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ५८ करोड पुग्ने छ।                      

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood