1478958692 banner ad format

 
 

काठमाडौँ - प्राइम लाइफ इन्स्योरेन्सले प्रस्तावित बोनस शेयर वितरणपछि हकप्रद निष्काशन गर्ने भएको छ।  कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले प्रस्तावित २५ प्रतिशत बोनस वितरणपछि १ सय ६० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

Prime Life Insurance

बोनस प्रस्ताव पारित गर्न कम्पनीले भदौ २७ गते  साधारण सभा  डाकेको छ । कम्पनीले बिगत ४ आर्थिक बर्षको लागि एकमुष्ट २५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।  यो पच्चीस प्रतिशत बोनस सेयर आर्थिक बर्ष २०६९-७०, २०७०-७१, २०७१-७२ र २०७२-७३ का लागी हो। 

साधारण सभाले ५७ लाख २८ हजार ९ सय ८२ रुपियाँ बराबरको लाभाश प्रस्ताव र बोनस पछि १ सय् ६० प्रतिशत हकप्रद प्रस्ताव पनि पारित गर्ने छ । 

कम्पनीले साधारण सभा प्रयोजन र बोनस प्राप्त गर्नको लागि भदौ १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १२ गतेसम्म कायम शेयरधनीले मात्र बोनस प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्ने छन् । हकप्रदको लागि भने छुट्टै बुक क्लोज मिति सार्बजनिक हुने छ  ।

कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासमा १५ करोड ८७ लाख खुद नाफा गरेको थियो  । हाल कम्पनीको चुक्ता पुंजी ४८ करोड ८१ लाख रहेकोमा २५ प्रतिशत बोनस पश्चात चुक्ता पुंजी ६१ करोड पुग्ने छ  । १६० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब ५८ करोड पुग्ने छ  । 

बिमा समितिको निर्देशन अनुसार सबै जीवन बिमा कम्पनीले आर्थिक बर्ष ७४/७५ को अन्त्यसम्ममा चुक्ता पुंजी २ अर्ब पुर्याउनु पर्ने हुन्छ  ।  

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood