Hidden
राष्ट्रिय वाणिज्य बैंकले अनलाइन आस्बा सेवा सुरु गर्ने
काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अनलाइन आस्बा सेवा सुरु गर्ने भएको छ । बैंकले २०७४ साउन २७ गते बाट अनलाइन आस्बा सेवा सुरु गर्ने बताएको हो । बैंकको ६८ जिल्लामा रहेका १७९ वटै शाखा कार्यालयहरुबाट यो सेवा निशुल्क रुपमा लिन सकिने पनि बैंकले जनाएको छ ।
अब प्राथमिक शेयर निष्काशन हुंदा ग्राहकले घरमै बसेर शेयर भर्न पनि मिल्ने छ । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सम्बन्धित निक्षेप सदस्यता(DMAT Account Holder) मार्फत मेरो शेयरको यूजर प्राप्त गरेका ग्राहकले बैंकमा उपस्थित नभईकन पनि सहज रुपमा अनलाइन सी–आस्बा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डहरुमा आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।
आस्बा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुंदा यस बैंकको जुनसुकै शाखा कार्यालयका खातावाला लगानीकर्ताहरुबाट शेयर खरिद गर्न चाहेमा अनलाइन वा दरखास्त फारम संकलन गरी फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धीत लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखी धितोपत्र बांडफांड भए पश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धीत धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बांकी रकम सम्बन्धीत खाताधनीले पुर्ववत रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गरिने छ ।
हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र बजारको सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट यो सेवा लिन सकिने हुंदा दुरदराजमा रहेका लगानीकर्ताहरुले पनि पुंजी बजारको लाभ लिन सक्ने बैंकले बिश्वास लिएको छ ।
प्रकासित मिति