Hidden
आरएमडिसी लघुवित्तको ३ लाख कित्ता बढी शेयर लिलाममा
काठमाण्डाैँ - नेपाल राष्ट्र बैंकको लगानी रहेको आरएमडिसी लघुवित्तको ३ लाख कित्ता बढी शेयर लिलाममा आएको छ ।
नेपाल राष्ट्र बैंकले एक सुचना जारि गर्दै लघुवित्तको संस्थापक तर्फको ३ लाख २३ हजार ५ सय २५ कित्ता शेयर लिलाम गर्ने जनाएको हो ।
बैंकले ति शेयरहरु कति र कुन मूल्यमा खरिद गर्न चाहेको हो, सो को विवरण खुलाई असार १३ देखि साउन १६ गतेसम्म शिलबन्दि बोलपत्र पेश गर्न आह्वान गरेको हो । यस लिलाममा स्नास्थापक लगानीकर्ताले मात्र भाग लिन पाउने छन् ।
राष्ट्र बैंकले प्रति कित्ता शेयरको न्युनतम मूल्य २६१ कायम गरेको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...