1478958692 banner ad format

 
 

काठमाडौं। प्रधान कार्यालय तनहूँको बन्दिपुर रहेको सबैको लघुवित्त वित्तीय संस्थाले पाँच करोड ३० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ।

Sabaiko Laghubitta Bittiya Sastha

संस्थालाई ५ लाख ३० हजार कित्ता सर्वसाधारण शेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डले प्रदान गरेको हो। 

संस्थाले सर्वसाधारणको लागि ३२.१२ प्रतिशत शेयर निष्काशन गर्नेछ। हालको चुक्ता पूँजी ११ करोड १२ लाख रुपैयाँ छ। 

हाल ३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ। 

शेयर निष्काशनपछि संस्थाको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ कायम हुनेछ। प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबिएल क्यापिटल रहेको छ। 

लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २ करोड १९ लाख रूपैयाँ खुद नाफा कमाएको छ । 

प्रकासित मिति

Loading...

 

ताजा खबर