1478958692 banner ad format

 
 

कञ्चनपुर -  शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्थाले रु १६ करोडको कारोबार गरेको छ । 

sahakari

कर्मचारी वोनस र आयकरको रकम कटौती गरी सहकारीले आर्थिक वर्ष २०७३÷७४ मा रु २१ लाख पाँच हजार नाफा आर्जन गरेको छ । सहकारीले रु १४ करोड २० लाख ८४ हजार उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरेको सहकारीका प्रबन्ध सञ्चालक मदनराज भट्टले जानकारी दिए । 

सहकारीमा सात हजार सदस्यको रु सात करोड सात लाख ४२ हजार रकम बचत रहेको छ । सहकारीले रु छ करोड ५० लाख ३८ हजार नेपाल राष्ट्र बैंक, बाणिज्य तथा विकास बैंक, वित्त कम्पनीबाट सापट लिएको छ । रु एक करोड ५० लाख ६३ हजार सहकारीको शेयर पूँजी रहेको छ । सो सहकारीको सम्पत्ति रु १५ करोड बरावरको रहेको छ । बेरोजगार युवालाई स्वरोजगार बनाउन स्वरोजगार कोषसँग सम्झौता गरी ऋण लगानी कार्यक्रम लागु गरेको भट्टले बताए । 

“संस्थाको लक्ष्य प्राप्तिका लागि तीन वर्षे रणनैतिक योजना तयार गरी लागू गरेका छौं,” उनले भने । योजनाअनुसार सहकारीको सदस्य संख्या सात हजारबाट वृद्धी गरी १० हजार पु¥याउने, शेयर पूँजी वृद्धी गरी रु तीन करोड पु¥याउने तथा संस्थाको सम्पत्ति रु १० करोडले वृृद्धी गरी रु १५ करोड पु¥याउने लक्ष्य लिइएको छ । विसं २०६५ मा २५ जना युवाले रु एक लाख ३२ हजार शेयर पूँजीबाट सो सहकारी सञ्चालनमा ल्याएका थिए । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood