annapurna add

rastra bankनेपाल राष्ट्र बैंकले घर कर्जा तथा २ करोड सम्मको कर्जामा सहजीकरण गरेको छ । मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले पहिलो घरका लागि लिने ऋणका लागि सहुलियत नीति ल्याएको हो।

घर कर्जामा प्रदान गरिने कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ६० प्रतिशत कायम गरिएको छ । यसअघिको व्यवस्थामा ५० प्रतिशत थियो । त्यस्तै घरसँगै २ करोडसम्मको कृषि, पर्यटन तथा साना तथा मझौला पेशा ब्यवसायका लागि कागजातका आधारमा कर्जा दिन तथा नवीकरण गर्न सकिने ब्यवस्था गरिएको छ।

यसअघि कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको थियो भने कर कार्यालय र बैंकमा बुझाइने विवरण एउटै हुनु पर्ने व्यवस्था गरिएको थियो। यसले गर्दा ऋण लिएर घर किन्न मध्यम स्तरीय परिवारलाई गाह्रो भएको थियो। राष्ट्र बैंकको यस नीतिले २ करोड भन्दा कम कर्जा लिनेका लागि सहजीकरण भएको छ ।

कर्जा लिने कार्यमा अब बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्मको कर्जा लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै कर्जा प्रवाहमा सरल नयाँ नीति लिएको हो ।

पुरानो नीति अनुसार साना तथा मझौला उद्यमीहरुले कर्जा लिन समस्या उत्पन्न भएको गुनासो बढेको थियो । यसअघि कुनै पनि कम्पनी वा व्यबसायीले कर चुक्ताको प्रमाणपत्र अनिवार्य बुझाउनु पर्ने व्यवस्था थियो ।

अब २ करोड सम्मको कर्जामा कर चुक्ताको प्रमाणपत्र अनिवार्य हटेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र धितोको मूल्यांकनको ४० प्रतिशत र काठमाडौं बाहिर धितो मूल्यांकनको ५० प्रतिशत ऋण दिन सक्ने व्यवस्थामा परिमार्जन गरि उपत्यकाभित्रको धितो मूल्यांकनको ५० प्रतिशत र उपत्यकाबाहिरको धितो मूल्यांकनको ६० प्रतिशतसम्म ऋण पाउने व्यबस्था गरिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...