tealaya add

काठमाडौं। सानिमा बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद लिलामबाट बिक्रि गर्न शिलबन्दी बोलपत्रको आह्वान गरेको छ। सानिमा बैंकले नबिकेको २ लाख ११ हजार ४७ कित्ता सर्बसाधारण शेयर खरीदका लागि असार १५ देखि २२ सम्म बोलपत्र आह्वान गरेको छ। 

 Sanima Bank and Siddhartha Development Bank min

सानिमा बैंकले बैशाख १७ देखि जेठ २१ सम्म चुक्ता पूँजीको ३० प्रतिशत हुन आउने एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद बिक्री खुल्ला गरेको थियो। बैंकले न्युनतम १०० कित्ता तथा न्युनतम १०० रुपैयाँमा बोलपत्र आह्वान गरेको छ। अधिकतम जति पनि गर्न सक्ने बताएको छ। बोलपत्र असार २३ गते दिउसो २ बजे सिविआएल क्यापिटल डिल्लिबजारबाट खोल्ने जनाएको छ। 

 

त्यस्तै सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि नबिकेको संस्थापक समुहतर्फ ४ लाख ५ हजार ८८८ कित्ता र सर्बसाधारण समुहतर्फ ४ लाख ५१ हजार ५४८ कित्ता शेयर लिलाम बाट बिक्री गर्ने भएको छ। 

 

बैंकले गत बैशाख ७ देखि जेठ १० सम्म चुक्ता पूँजीको ६० प्रतिशत बराबर ८० लाख १५ हजार कित्ता हकप्र शेयर बिक्री खुल्ल गरेको थियो। 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर