1478958692 banner ad format

 
 

काठमाडौँ - सिद्दार्थ बैंकले खुद मुनाफा तर्फ सामान्य प्रगती गरेको बित्तिय विवरण प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक बर्षको कमाईबाट ४८ प्रतिशत बोनस सेयर वितरण गरेको बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गरी चुक्ता पुंजी बढाउँदा प्रती सेयर आम्दानी भने झन्डै आधाले घटेको छ।

Siddarth Bank

अघिल्लो आर्थिक बर्ष १ अर्ब २५ करोड मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक बर्ष १ अर्ब ४५ करोड मुनाफा गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ६२ करोड र जगेडा कोष रकम ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ। बैंकले हकप्रद जारी गर्दा संस्थापक सेयरधनीबाट कल इन एडभान्सबाट प्राप्त १ अर्ब ३७ करोड ८० लाख रुपैयाँ मात्र चुक्ता पुंजीमा देखाएको छ। 

बैंकले गत आर्थिक बर्ष ७७ अर्ब ३१ करोड निक्षेप संकलन गरि ६६ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक बर्ष भन्दा बैंकको निक्षेप र कर्जा करिब २० प्रतिशतले मात्र बढेको छ।  बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा बैंकको कमाई १५ करोडले बढी देखिएको छ।

गत आर्थिक बर्ष बैंकको खुद आम्दानी २ अर्ब ६५ करोड रहेको छ भने संचालन मुनाफा १ अर्ब ८५ करोड रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलब ४७ प्रतिशतबाट १ दशमलब १५ प्रतिशतमा झरेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ३० पैसा रहेको छ। जुन अघिल्लो आर्थिक बर्षको तुलनामा झनै आधा हो। अघिल्लो आर्थिक बर्ष बैंकको इपिएस ४१ रुपैयाँ १९ पैसा थियो। त्यस्तै मूल्य आम्दानी अनुपात २२ दशमलब ६७ गुणा तथा नेटवर्थ प्रति सेयर १४९ रुपैयाँ ३४ पैसा रहेको छ।  

सिद्दार्थ बैंकले नेपाल राष्ट्र बैंकले आफ्नै क्षमताले चुक्ता पुंजी ८ अर्ब पुर्याउने लक्ष्य अनुरुप गत बर्ष ३० प्रतिशत हकप्रद जारी गरेको थियो भने  बिजनेश युनिभर्सललाई प्राप्ती गरेको थियो। बैंकले ३० प्रतिशत हकप्रद जारी पश्चात कायम चुक्ता पुंजीबाट पुन: १० प्रतिशत हकप्रद बिक्री गर्दैछ। १० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी करिब ७ अर्ब ५० करोड पुग्नेछ। गत आर्थिक बर्षको कमाई र जगेडा कोष रकमबाट बोनस सेयर वितरण गरी बाँकी अपुग पुंजी सहजै पुर्याउन सक्ने देखिन्छ। 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News market decreased by double digit

    धितोपत्र बजार दोहोरो अंकले घट्यो

    धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक ...

  • Kantipathnews Nepal Share Market News Stock trading

    शेयर कारोबार ओरालो लाग्यो

    धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ...

  • Kantipathnews Nepse News Share on Nepse

    नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत

    आज बिहिबार नेपाल स्टक एक्चेन्ज नेप्सेमा २ कम्पनीको शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा जनता बैंक नेपाल लिमिटेड र जनउत्थान सामुदायि ...

yummyfood