1478958692 banner ad format

 
 

काठमाडौँ - सिद्दार्थ बैंकले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले भदौ ६ देखि २ लाख ५३ हजार ९२२ दशमलब १३ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो। 

Siddarth Bank

बैंकले जेठ २५ गतेदेखि असार २८ सम्मका लागि १०० बराबर ३० अर्थात ३० प्रतिशतका दरले १ अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८ सय रुपैयाँ बराबरको १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलब १८ कित्ता हकप्रद निष्काशन गर्दा अवितरित सेयर अहिले लिलामीमा राखेको हो। 

लिलामीमा राखिएको सेयरमा संस्थापक समूह तर्फ १३ हजार ५८५ दशमलब ८७ कित्ता र सर्वसाधारण समुह तर्फ २ लाख ४० हजार ३७१ दशमलब २६ कित्ता सेयर रहेको छ। 

 

इच्छुक बोलकबोल दाताले असार भदौ ६ देखि भदौ १४ गते बैंकिङ समय ३ बजेसम्म बैंकको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको नक्साल स्थित कार्यालयमा आइपुग्ने गरि आबेदन दिनु पर्ने छ। 

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

बैंकले गत आर्थिक बर्ष १ अर्ब ४१ करोड खुद मुनाफा गरेको छ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ६२ करोड रहेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत बैंकले ३० प्रतिशत हकप्रद जारी पश्चात कायम चुक्ता पुंजीबाट पुन: १० प्रतिशत हकप्रद बिक्री गर्दैछ। १० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी करिब ७ अर्ब ५० करोड पुग्नेछ। 

Siddarth Bank

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood