काठमाडौँ -सिद्दार्थ बैंकले आज जेठ २५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १०:३ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने लागेको हो ।
बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८ सय रुपैयाँ बराबरको १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलब १८ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।
बैंकले हकप्रद बिक्रि गर्नका जेठ १६ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले जेठ १४ सम्म कायम सम्म सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन। लगानीकर्ताले असार २८ सम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ ।
लगानीकर्ताले लक्ष्मी क्यापिटल, सिद्दार्थ क्यापिटल र सिद्दार्थ बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।
३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात सिद्दार्थ बैंकको चुक्ता पुंजी ६ अर्ब ८२ करोड पुग्ने छ। २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ८ अर्ब पुर्याउन सिद्दार्थ बैंकले यस बर्षको कमाईबाट कम्तिमा पनि १८ प्रतिशत बोनस सेयर वितरण गर्नु पर्ने छ।
प्रकासित मिति