1478958692 banner ad format

 
 

काठमाडौँ  । वित्तीय रुपमा पछि परेका समुदायलाई लक्षित गरी भृकुटीमण्डमा ‘बैंकिङ एक्स्पो–२०१७’ आजदेखि सुरु भएको छ । 

Banking News Nepal Start banking Expo

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एक्स्पोको उद्घाटन गरे । काठमाडौँ उपत्यकामा पनि बैंकिङ प्रणालीमा नआएका लाखाँै नागरिक रहेकाले एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको महत्वबारे गभर्नर डा नेपालले भने “वित्तीय साक्षरता प्रदान गर्ने महत्वपूर्ण अभियान हो । यसलाई निरन्तर विस्तार गर्दै लैजानुपर्छ ।” 

हिमालय बैंक कार्ड विभागका अधिकृत सूर्योदय प्रजापतिले बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका ‘स्किम’को जानकारी दिने उपयुक्त स्थल एक्स्पो भएको बताउनुभयो । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सरकारले ल्याएका कार्यक्रम तथा धितोपत्र बोर्डअन्तर्गत हुने सबै पुँजी बजारका क्रियाकलाप, नेपाल राष्ट्र बैंकका गतिविधिबारे एक्स्पोमा जानकारी पाउन सकिनेछ । 
राष्ट्र बैंकबारे जानकारी दिन बस्नुभएकी अधिकृत निभा श्रेष्ठले एक्स्पोको प्रवद्र्धक केन्द्रीय बैंक भएको जानकारी दिए । एक्स्पोमा सरकारबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्था, बिमा समितिबाट इजाजत प्राप्त सबै बिमा कम्पनीको सहभागिता रहेको छ । नियमन निकाय एवम् सेवाप्रदायक र सेवाग्राही एकै छानामुनि ल्याउने काम भएको एक्स्पो संयोजक माधव निर्दोषको भनाइ थियो । 

Banking News Nepal Start banking Expo1

तीन दिनसम्म चल्ने एक्स्पोमा ४५ वटा प्रदर्शनी कक्ष रहेका छन् भने पाँच लाख अवलोकनकर्ता आउने विश्वास लिइएको छ । एक्स्पोमा अवलोकन गरेर बाहिर निस्कँदै गरेका दिपेश दाहालले वित्तीय पहुँचमा नभएका नागरिक एवम् बैंक तथा वित्तीय संस्था, बिमा र पुँजी बजारबारे जानकारी लिन सकिने भएकाले महत्वपूर्ण कार्य भएको प्रतिक्रिया दिए । 

ग्लोबल आइएमई बैंकको कर्जा विभागमा काम गर्दै आएका धीरेन्द्र चन्दले आफ्ना स्किम तथा सेवाबारे प्रचार गर्ने उपयुक्त थलो एक्स्पो भएको बताए । यस एक्स्पोमा प्रतिस्पर्धी संस्थाको सहभागी भएकाले एकले अर्काको प्रवद्र्धनात्मक तरिका थाहा पाउन सहज हुने विश्वास लिइएको छ । 

एक्स्पोपमा विप्रेषण तथा लघुवित्त संस्थाले पनि आफ्ना अभियानका विषयमा जानकारी दिनेछन् । “बैंक तथा वित्तीय संस्था एकीकृत रुपमा घरजग्गा, गाडीमा मात्र कर्जा प्रवाह गर्दारहेछन्, सेवामा बैंक तथा वित्तीय संस्थाको विविधता रहेनछ” – अवलोकनकर्ता दीपेशले भने । 

सेवाग्राहीको आकाङ्क्षाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवालाई विविधीकरण गरेका खण्डमा वित्तीय पहुँच विस्तार हुने र नयाँ सेवाग्राही थपिन्छन् भन्ने सेवाप्रदायकले विश्वास गर्नुपर्छ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

yummyfood