1478958692 banner ad format

 
 
काठमाडौं- नेपालको लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत झन्डै दोब्बर पुगेको छ ।
 
सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको लागत करिब ६९ अर्ब पुग्ने देखिएको छ । 
 
आयोजनाको निर्माण सम्पन्न हुने अवस्थासम्म ब्याजसमेत जोड्दा करिब ६९ अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।
आयोजनाको केवल लागत मात्र नभइ आयोजना निर्माण अवधिसमेत लम्बिएको छ । २०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको यो आयोजनाबाट २०७२ असारभित्र बिद्युत उत्पादन गरिसक्ने लक्ष्य थियो । लक्षित समयभन्दा तीन बर्ष चार महिना ढिला भैसकेको छ । यो अवधिमा ऋणको ब्याज मात्र बढेको छैन, प्रशासनिक खर्चदेखि सम्पूर्ण खर्चले आयोजनाको लागत थप बढ्न पुगेको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood