1478958692 banner ad format

 
 

काठमाडौँ -तिनाउ बिकास बैंकले आज असार २० गतेदेखि अवितरित हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्दै छ। बैंकले  ३१ हजार ४ सय ९७ दशमलब ५१ कित्ता सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।    

Tinau development bank

बैंकले बैशाख १९ देखि जेठ २२ सम्मका लागि १० बराबर ३ दशमलब ५ कित्ता अर्थात ३५ प्रतिशतका दरले  ११ करोड ९४ लाख रुपैयाँ बराबरको ११ लाख ९४ हजार ७ सय ९६ दशमलब ०९ कित्ता हकप्रद बिक्रि खुला गर्दा अवितरित २ दशमलब ६३ प्रतिशत सेयर लिलामीमा  बिक्रि गर्न लागेको हो। लिलाम बढाबढमा बिक्रि गर्न राखिएको सेयरमा साधारण तर्फ ३१ हजार ४ सय ९७ दशमलब ५१ कित्ता रहेको छ। 

इच्छुक बोलकबोल दाताले असार २० देखि असार २७ गते बैंकिङ समय ३ बजेसम्म बैंकको केन्द्रीय कार्यालय बुटवल ,रुपन्देही र  बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको नक्साल स्थित कार्यालयमा आइपुग्ने गरि आबेदन दिन सक्ने छन। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक सिद्दार्थ  क्यापिटलको कार्यालयमा असार २८ गते बिहान ७ बजे खोलिने छ।   

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले सिद्दार्थ क्यापिटलको नाममा रहेको सिद्दार्थ बैंकको ००११५१९७७२२ खाता नम्बरमा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै सिद्दार्थ क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ। 

३५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४६ करोड ८ लाख पुग्ने छ। गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ३४ करोड १३ लाख पुगेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ७ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको पछिल्लो सेयर कारोबार मुल्य (जुन २५ अनुसार) प्रति कित्ता ३१० रुपैयाँ रहेको छ।  

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले बिकास बैंकहरुले २०७४ असार मसान्तभित्र चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ। चालु आर्थिक बर्षको कमाईबाट करिब ९ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी सजिलै ५० करोड पुग्ने छ।बिजपाटि 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

  • Kantipathnews News Of Nepal Kavreplanchok Share loan

    शेयर कर्जा लिन उत्साहित

    काठमाडौँ बाहिरका जिल्लामा पनि शेयर कर्जा लिन लगानीकर्ता उत्साहित देखिएका छन् । काठमाडौँमा मात्रै केही बैंकले शेयर कर्जा दिने घो ...

  • kantipathnews Nepal Share Market News Market businesses

    धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

    धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ ...

yummyfood