1478958692 banner ad format

 
 

टुरिजम डेभलपमेन्ट बैंकले हकप्रद भर्ने म्याद थप गरेको छ । यस अघि बैशाख १७ गतेसम्म हकप्रद भर्न सकिने रहेकोमा अब लगानीकर्ताले बैशाख २६ सम्म हकप्रद भर्न सक्ने छन् । 

Tourism Development Bank

टुरिजम डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद चैत १३ देखि बिक्रि खुला गरिएको हो ।  शतप्रतिशत हकप्रदका लागि बैंकले माघ ७ मा बुक क्लोज गर्ने निर्णय गरेकाले माघ ६ सम्म कायम सेयरधनीहरुले मात्रै हकप्रद भर्न पाउने छन। माघ ६ सम्म कायम सेयरधनीहरुले बैंकको सेयर निश्काशक तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स र टुरिजम डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन।

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ९१ करोड ९७ लाख रुपैयाँ बराबरको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद बिक्रि खुला गरेको हो।   शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी १ अर्ब ८३ करोड पुग्ने छ। हाल बैंक मेगा बैंकसंग मर्जर प्रक्रियामा रहेकाले सेयर कारोबार रोक्का गरिएको छ। 

मेगाबैंकसंग ९५ प्रतिशतको स्वाप अनुपातमा मर्जरमा गएको टुरिजमले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १४ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत मेगा बैंकले पनि ६५ प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। मेगाको ६५ प्रतिशत हकप्रद बिक्रि तथा टुरिजमलाई मर्जर गरे पश्चात चुक्ता पुंजी ९ अर्ब ४८ करोड पुग्ने छ।  

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Nepse with double digit

    नेप्से दोहोरो अंकले सुधारियो

    मंगलबार पुनः पूँजी बजारमा दाहोरो अंकको सुधार आयोे । आइतबार उच्च दरले उकालो लागेको बजार सोमबार ऋणात्मक रही यस दिन पुनः सुधारिएक ...

  • Kantipathnews Banpanpa business share

    बनेपामा सेयर कारोबार बढ्दै

    सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोक ...

  • Kantipathnews Nepse News shares of stock trading

    एक अर्ब बढीको शेयर कारोबार

    धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ ह ...

yummyfood