tealaya add

 उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेका छन् । 

unniti microfinance minफाइल तस्विर 

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिले १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ ।

हाल उन्नतिको चुक्ता पूँजी आठ करोड ८२ लाख ७५ हजार र सहकार्यको चुक्तापुँजी एक करोड ४० लाख रुपैयाँ रहेको छ । उन्नतिले १ः१ अनुपात र सहकार्यले १ः३ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय पारित गरिसकेका छन् ।

दुई संस्थाबीच पुस महिनाभित्र एकिकृत कारोबार गर्ने सम्झौता भएको छ । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार हुने छ ।

मर्जर पश्चात दुबै वित्तीय संस्थाको लघुवित्त बंैकिङ्ग प्रणाली, वित्तीय, मानवसंशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्घि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गरिने भएको छ । दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई सबल पूँजी भएको उत्कृष्ठ राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्थापित हुने भएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...