owmi shareवोमी लघुवित्त वित्तीय संस्थाले बिहीबार (कात्तिक २१ गते) देखि संस्थापक समूहको ६२ हजार १८३.८० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

यसमा सर्वसाधारण, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले असोज ६ गतेदेखि १३ गतेसम्म संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

त्यसबेला सर्वसाधारण समूहको सबै कित्ता बिके पनि संस्थापक समूहमा भने १४ हजार ५२० कित्तामा मात्र आवेदन परेको थियो । यसरी बाँकी रहेको संस्थापक तर्फको ६२ हजार १८३.८० कित्ता सेयर पुनः लिलामीमा ल्याइएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कात्तिक २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता देखि अधिकतम ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौं तथा वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सकिनेछ । 

सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणगढ शाखाबाट पनि लिलामी भर्न सकिनेछ । यस्तै, सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन पाइनेछ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर