annapurna add

insurance umbrella1

नेपालमा करिब ६९ लाख नागरिकले बीमा गरेको देखिएको छ । राष्ट्रिय बीमा समितिका अनुसार आर्थिक वर्षमा २०७५/७६ मा १८ प्रतिशत नागरिकले बीमा सेवा पाएकोमा गत आर्थिक वर्षमा थप ६ प्रतिशत नागरिक थपिएको भन्दै समितिले २३ प्रतिशत पुगेको हो ।

नेपालको जनसंख्या ३ करोडलाई आधार मान्दा ६९ लाख बढी नेपालीले बीमा गरेको देखिन्छ । कतिपय संस्था र सरकारी क्षेत्रमा समेत अनिवार्य बीमाको व्यवस्थाको कारणले पनि बीमा गर्नेको संख्या बढेको बीमा समितिको बुझाइ रहेको छ । त्यस्तै, वैदेशिक रोजगारीको म्यादी बीमासमेतलाई आधार मान्दा २६ प्रतिशत नागरिकलाई बीमाको पहुँच देखिएको समितिले जनाएको छ ।

नेपालको कुलग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३.६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ३ प्रतिशतको योगदान रहेकोमा गत वर्ष ०.६ प्रतिशतले वृद्धि भएर ३.६ प्रतिशत पुगेको अर्थमन्त्रालयको तथ्यांक रहेको छ ।

प्रकासित मिति

 
 
Loading...