1478958692 banner ad format

 
 

रसुवा – चीनको केरूङका स्थानीय भन्सारका प्रतिनिधिले नेपालतर्फ निकासी हुने सामानको क्लियरेन्स शुल्क घटाएपछि सोमबारदेखि आयात सुरु भएको छ । साउन १ गतेदेखि शुल्क वृद्धि भएपछि आयात रोकिएकोमा २५ सय आरएमबी घटाएपछि नेपाली व्यापारीले आयात सुरु गरेका हुन् । 

China Kerung

सामान लिनका लागि चीन पुगेका कन्टेनरमध्ये तीन सय ९६ वटाको क्लियरेन्स गर्ने कार्य सुरु भएको छ । शुल्क आधा मात्र कम भएको र नेपाली व्यापारीले एकैचोटी शुल्क बुझाउन नसक्दा धेरै गाडी अहिले पनि केरूङमा नै रोकिएका छन् । 


शुल्क बुझाउने कन्टेनर नेपाल आउने क्रम शुरु भएको रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिनुभयो । यसअघि नेपाली व्यापारीले प्रति गाडी एक हजारदेखि १५ सय आरएमवीसम्म तिर्दै आएकोमा चिनियाँ भन्सारले एकैचोटी पाँच हजार आरएमवी पु¥याएपछि सामान आयात ठप्प बनेको थियो । 

यसअघि झण्डै २२ हजार नेपाली रुपैयाँ तिर्दै आएकोमा प्रति गाडी ८० हजार तिर्नपर्ने अवस्था आएपछि नेपाली व्यापारीले सामान उठाएका थिएनन् । शुल्क घटाउनका लागि चिनियाँ प्रतिनिधिसँगको छलफलमा शुल्क घटाउने सहमति बनेको थियो । अन्य सामानको आयात ठप्प भए पनि स्याउ र जलविद्युत आयोजनाको सामान भने आयात भैरहेको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood