tealaya add

यातायात व्यवसायीले मनपरि भाडा असुल्दा उपभोक्ता मारमा परेका छन् । धादिङबेँसी–टारीबँेसीसम्मको यात्रुले रु २०० भाडा तिर्ने गरेका छन् । महँगो भाडा घटाउन माग गर्दा यात्रुले उल्टै हप्काइ खानुपरेको छ ।

bus serviceफाइल तस्विर 

धेरै पटक भाडा बढी भयो भनेर गुनासो गर्दा बसबाट निकालेको ज्यामरुङकी यमकुमारी इटनीले सुनाए । नागरिक समाजका प्रतिनिधिले यातायात क्षेत्रको बेथिति अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गर्दै आएका छन् ।

धादिङबेँसीस्थित विभिन्न यातायात समितिले अपाङ्गता भएका, ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहुलियत नदिएको यात्रुको गुनासो छ । उनीहरुले सहुलियतको टिकट सकिएको जवाफ दिने गरेका छन् ।

“भाडा असुल्न पन्छाउने गरेको पाइएको छ” अधिकारकर्मी राजु रेग्मी बताउछन् । प्रति व्यक्ति रु १८५ भाडादर भएको काठमाडौँका लागि अपाङ्गता भएका यात्रुबाट रु १५० लिने गरेको पाइन्छ ।

एउटा बसमा एउटा यात्रुलाई छुट दिएपछि अरुलाई नदिने नियम उनीहरुले बनाएका छन् । कालोपत्रे गरिएको सडकको भाडादर घटाउन आग्रह गर्दा यात्रुलाई दुव्र्यवहार गर्ने गरिएको छ ।

विसं २०७६ असार १ देखि लागू हुने गरी २०७६ जेठ ३० गते यातायात व्यवस्था विभागले कोलोपत्रे सडकमा प्रतिकिलोमिटर दुई रुपैयाँ ५१ पैसा भाडादर निर्धारण गरिएको थियो । धादिङबेँसीदेखि टारिबेंसी सम्म प्रतिकिलोमिटर रु सात रुपैयाँ ५० पैसा भाडा लिने गरेको यात्रुको गुनासो छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...