1478958692 banner ad format

 
 

काठमाडौँ :  नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । 

Food institutes determine the cost

संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ । 

दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याउने गर्दछ । 

संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट ५०० च्याङ्ग्रा आइसकेकाले त्यसलाई बिक्री गरिने जानकारी दिँदै अरु ५०० च्याङ्ग्रा आउने क्रममा रहेको बताए । 
दाङ र हेटौँडाबाट एकहजार ५०० खसी ल्याउन लागेकोमा वर्षाका कारण केही बाटोमा रोकिएका छन् भने २०० खसी काठमाडौँमा आइसकेका छन् । 

यही असोज १० गतेसम्म थापाथलीस्थित संस्थानको गोदामबाट बिक्री वितरण गरिने प्रमुख न्यौपानेले जानकारी दिए । अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल बढेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood