1478958692 banner ad format

 
 

 आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। प्रतितोला ६ सयले सुनको भाउ घटेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ | 

अघिल्लो दिन प्रति तोला ५५ हजार ८  सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा ६ सयले घटेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भई रहेको छ ।  त्यस्तै चांदी तोलामा १० रुपियाँले घटेर  प्रति तोला ८ सय  ५ रुपैयाँमा कारोबार भई रहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज शुक्रबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९० रुपैयाँ कायम गरेको छ।  

प्रकासित मिति : २०७३ माघ २८ गते 

प्रकासित मिति

Loading...

 

yummyfood