Hidden
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुदैछ कारोवार !
काठमाडौं – सुनचाँदीको भाउ आइतबार बढेको छ । सुनको भाउ आइतबार तोलामा ४ सय तथा चाँदीको भाउ १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार ४ सय रुपैयाँले बढेको हो ।
यस्तै शुक्रबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार १० रुपैयाँ बढेर ७ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार डलर कमजोर हुँदा सुनको भाउ बढेको हो ।
प्रकासित मिति
Loading...
Loading...
Loading...