annapurna add

Hetauda Industrialसुजन ढकाल हेटौंडा । औद्योगिक क्षेत्र आफ्नो स्थापनाको ५७ औं वर्षमा प्रवेश गरेको छ । औद्योगिक क्षेत्रमा हाल १३६ वटा उद्योगहरु रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख राजेन्द्र कंडेलले जानकारी दिए । त्यसमा पनि १०८ वटा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेका छन् भने २२ वटा उद्योगहरु निर्माणाधिन छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेका ६ वटा उद्योगहरु भने पूर्णरुपमा बन्द अवस्थामा रहेको उनले बताए ।

‘औद्योगिक क्षेत्रले ५ हजार रोजगारी सिर्जना गरेको छ,’ उनले भने,‘यो औद्योगिक क्षेत्रबाट ५ अर्ब रुपैयाँ भन्दा बढी राजश्व सरकारलाई बुझाउने गरेको छ । बन्द भएका उद्योगहरु हामीले पुनः सञ्चालनको लागि हामीले पहल गरिरहेका छौं ।’ औद्योगिक क्षेत्रमा अहिले खाली जग्गा नभएको भन्दै उनले सबै जग्गाहरु लिजमा दिइएको जानकारी दिए ।

औद्योगिक क्षेत्रमा अझै पनि धेरै उद्योगीहरु उद्योग स्थापनाका लागि तयार रहेको भन्दै उनले जग्गा अभवका कारण नयाँ उद्योग आउन समस्या भएको बताए । यस्तै, जग्गा ओगटेर बस्ने प्रवृत्ति पनि बढ्दो रहेको भन्दै उनले यसका लागि कानूनी रुपमा नै अड्चन रहेको बताए । ‘केही उद्योगहरुले जग्गा ओगटेका छन् । दिइएको जग्गामा पर्खाल लगाएका छन् । निर्माण सुरु भएको जानकारी दिएका छन् तर, काम अघि बढेको देखिँदैन,’ उनले समस्या सुनाउँदै भने,‘यसमा हामी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले केह ीगर्न सक्दैनौं । सम्झौता भएको २ वर्षसम्म उनीहरुलाई उद्योग स्थापनाको समय दिइएको हुन्छ । त्यो अवधिमा पनि नसके फेरि समय थपको पनि व्यवस्था छ । हामीलाई समय सकिएपछि खोस्न सक्ने कानूनी अधिकार पनि छैन । तसर्थ यो समस्याको समाधान कानूनी रुपमा नै खोज्न जरुरी छ ।’

यस्तै, मयुरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि काम अघि बढेको उनले बताए । अघिल्लो वर्ष आएको बजेट फ्रिज भए पनि यो वर्ष काम हुने बताए । अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाइएको उनले बताए । ‘अहिल्लो वर्ष करिब ५० करोड रुपैयाँ आएको थियो तर काम हुन सकेन,’ उनले भने,‘चालु आर्थिक वर्षमा पनि ३१ करोड रुपैयाँ आएको छ । हामीले चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्याकंनको काम सक्नेछौं । अर्को वर्षबाट उद्योगका लागि आह्वान गर्छाैं । हेटौंडामा उद्योग स्थापनाका लागि धेरैले चासो देखाएका छन् ।’ उनका अनुसार अहिले ६०–७० उद्योगहरु मयुरधाप क्षेत्रमा आउन इच्छुक रहेका छन् ।

औद्योगिक क्षेत्रमा विद्युत माग अनुसार आपुर्ति गर्न नसकिएको भन्दै उनले यसका लागि आवश्यक पहल भइरहेको बताए । यस्तै, आगामी आर्थिक वर्षदेखि औद्योगिक क्षेत्रमा स्थापना गरिएको २१ वटा व्यवसायिक सटरहरुबाट आम्दानी सुरु हुने उनले बताए । लामोसमयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगको स्थापनामा नेपाल सरकार उद्योग मन्त्रालयमा पहल भइरहेको भन्दै उनले कपडा वा अन्य उद्योग सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरिएको उनले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...