annapurna add

tea flushयस वर्षको चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भएको छ । चियाको नयाँ मुना पुनः पलाउन थालेसँगै चिया टिपाइ सुरु भएको हो । नयाँ मुना  पलाउन थालेसँगै इलाम तथा पाँचथर जिल्लाका चिया कारखानाले प्रशोधनको तयारी पनि सुरु गरेका छन् ।

यससँगै गत कत्तिक देखि फागुनसम्म करिव ५ महिना फुर्सद रहेका चिया तथा चिया कारखानाका मजदूरको कार्य व्यस्तता अहिले बढ्न थालेको छ ।

चियाको यो पहिलो उत्पादन बजारमा निकै गुणस्तरीय मानिन्छ । यस वर्षको मौसमले पनि चियालाई राम्रै साथ दिएको युवा चिया व्यावसायी चिरञ्जिवी दाहाल बताउँछन् ।

गएका वर्षहरुमा करिव चैत अन्तिमबाट चियापत्तीको टिपाइ सुरु भएको भएपनि यो वर्ष भने चैतको पहिलो साताबाटै टिपाइ सुरु भएको दाहालको भनाई छ ।

tea 2इलामको पूर्वी क्षेत्र जस्वीरे, श्रीअन्तु , पशुपतिनगर, फिक्कलमा केहि गर्मि बढेसंगै चिया टिपाई सुरु भएको भए पनि साँखेजुङ्ग, मंगलबारे लगायतका क्षेत्रमा अझ एक हप्ता पछि मात्र टिपाइ सुरु हुने स्थानीय किसानले बताएका छन् ।

इलामको पशुपतिनगर स्थित लामण्डला स्पेसियलिटि टि प्रालि तथा व्यावसायी सोनाम पल्जोर लामाले फस्ट फ्लस टिपाइ सुरु भएको जनाएका छन् ।

tea 3यस्तै पाँचथरको फिदिम क्षेत्रमा पनि चियाको पहिलो टिपाइ सुरु भएको छ । पूर्व गृह राज्यमन्त्री एवं राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले फिदिमस्थित कञ्चनजंघा टि स्टेटमा यो वर्षको पहिलो चिया टिपाइको सुरु गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...