1478958692 banner ad format

 
 

काठमाडौँ। मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । 

chinise induction min

भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । 

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । 

समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । 

कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर २५ गते चीन सरकारले अनुदानस्वरुप दिएका ११ हजार ३०० चुलोेमध्ये एक हजार ५०० थान मात्र बिक्री भएको हो । 

चीन सरकारले अनुदानस्वरुप दिएका चुलोमध्ये सुरुमा एक हजार ३०० थान केरुङ नाकाबाट र पछि १० हजार थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको थियो । 

चीन सरकारले दिने अनुदानस्वरुप रु नौ करोड ५५ लाख मूल्य बराबरका इन्डक्सन चुलो नेपालमा पठाइएको थियो । 

आपूर्ति मन्त्रालयका सहसचिव शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा मूल्य निर्धारण गर्न बसेको बैठकले ढुवानी, पारवहन, भन्सार मिनाहासहितको शुल्क जोडेर चुलोको मूल्य रु ११ हजार ९९५ कायम गरेपछि चुलो बिक्री हुन सकेको थिएन । 

प्रकासित मिति

Loading...

 

yummyfood