पोखरा। आन्तरिक राजस्व कार्यालय पोखराले चालु आवको जेठ मसान्तसम्ममा रु पाँच अर्ब ७८ करोड २२ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । 
Internal Revenue Office in Pokhara
सो अवधिमा कार्यालयले आयकरतर्फ रु एक अर्ब ५९ करोड ८४ लाख ७१ हजार तथा स्वास्थ्य र अन्तःशुल्कतर्फ रु तीन अर्ब ६० लाख ७२ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत विजय लामिछानेले जानकारी दिए। 

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु ८४ करोड ९३ लाख ९९ हजार, घर भाडा करतर्फ रु १२ करोड ८८ लाख १८ हजार, शिक्षालगायत अन्य करतर्फ राजस्व सङ्कलन गरिएको हो । गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा एक लाख १६ हजार ४४५ करदाता रहेका छन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...