सुर्खेत। विश्वको जल्दोबल्दो मुद्दा मानिने व्यवस्थापन र रुपान्तरणमा देखिएका समस्याका सवालहरुको पहिचान गरी तिनको समाधान दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन’ शुरु भएको छ।

birendranagar

मध्यपश्चिम विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम) द्वारा आज यहाँ आयोजित ‘व्यवस्थापन तथा रुपान्तरणका लागि प्रश्नहरुको उठान’ विषयक सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्मेलनले यस प्रदेशको योगदान र गरिमा बढाउनुका साथै सरकारको आगामी रुपरेखा तयारीमा सघाउ पुग्ने बताए। 

मानवजातिको विकास शिक्षाबाट भएको बताउँदै उनले भने, “विश्व मानव समुदाय विकासको महत्वपूर्ण आधार भनेकै शिक्षा हो। यसले नै मानव विकासलाई उत्कर्षमा पुर्याएको छ।” देशको अहिलेको आवश्यकता सैद्धान्तिक नभई प्राविधिक शिक्षा भएकाले विश्वविद्यालयले यसैमा जोड दिनुपर्ने उनको सुझाव थियो।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले सरकारको दीर्घकालीन विकासमा सघाउ पुर्याउने अनुसन्धानात्मक कार्य गर्ने बताए। 

सम्मेलनको उद्देश्यबारे प्रष्ट पार्दै स्कूल अफ म्यानेज्मन्टको एमबिए, एमफिल एण्ड पिएचडी कार्यक्रमका निर्देशक डा. नारायण पौडलले सम्मेलनमा सहभागी विभिन्न विश्वविद्यालयले व्यवस्थापन र रुपान्तरणमा देखिएका चुनौती तथा समस्याको कार्यपत्र प्रस्ततु गर्नेछन् भने।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका त्रिभुवन विश्वविद्यालयलगायतका सबै प्रमुख विश्वविद्यालय, भारत र पाकिस्तानका विभिन्न विश्वविद्यालय तथा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयको सहभागिता रहेको छ। 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...