जुम्ला - जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो ।

Jumla appleफाइल तस्विर 

 

कृषि प्राविधिकका अनुसार भदौ पहिलो सातापछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने र पहिचान गुम्ने कृषि ज्ञान केन्द्रका अधिकृत खेमराज शाहीले जानकारी दिए । उनले सुरक्षित स्याउ टिपाइ तथा बजारीकरणका लागि जोड दिन आग्रह गरे ।

साउनमै पाकी नसकेको स्याउ जिल्ला बाहिर गएको सुन्नमा आएकाले यस्तो कार्य नगर्न सुझाव दिइएको उनले बताए । स्याउको रङ्ग ७० प्रतिशत भन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई उनले आग्रह गरे  । भदौ महीनाको पहिलो हप्ता भन्दा अगावै स्याउ बिक्री गर्ने किसान र व्यापारीलाई कारवाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए।

“स्याउ प्याकेजिङमै समस्यै समस्या छ, किसान हतारिन जरुरी छैन”, उनले भने । किसान र व्यापारी बीचमा समन्वय गरेर लिँदा जुम्लाको स्याउ बाह्य बजारमा बिक्रिका लागि उपयुक्त हुने उनको तर्क छ ।

साउन महीनादेखि केही स्याउ पाक्न थालेपछि अहिले जुम्लाका स्याउका बगैँचा राताम्मे भएका छन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाका तीन हजार ४५० हेक्टर क्षेत्रफलमा स्याउका बिरुवा रोपिएका छन् । त्यो मध्ये नौ सय हेक्टरमा स्याउ फल्ने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७४÷७५ मा पाँच हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । गत आर्थिक वर्षमा रु १७ करोड बढीको स्याउ बिक्री भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोनले जनाएको छ । जुम्लामा इटालियन फुजी र गाला नामक स्याउ फल्न थालेका छन् । सुपरजोनका कृषि वैज्ञानिक जोगेन्द्र कान्दुकका अनुसार पुराना स्याउ बिरुवाको संरक्षणसँगै नयाँ प्रविधिका काम सुपरजोनले गर्दै आएको छ ।

यो वर्ष चाँडै रातो भएका र गुलियो हुन अझै समय लाग्ने उनले बताए । विसं २०३२ मा तत्कालीन रानी ऐश्वर्यको जुम्लामा भ्रमण भएपछि यहाँको कार्तिकस्वामीको गैरागाउँँमा स्याउको बागबानी केन्द्र स्थापना भएको हो । बागबानी केन्द्रमा विसं २०३४मा स्याउका बिरुवा उत्पादन गर्दै जिल्लाका केही स्थानमा किसानले नमूनाका रुपमा अगाडि बढाएका थिए ।

प्राङ्गारिक जुम्ली स्याउ पाक्न शुुरु गरेको छ । पछिल्लो समयमा जुम्लामा स्याउखेती फष्टाउन थालेको छ । धेरैजसो घरधुरीमा स्याउका बगैँचा लगाइएका छन् । एक दशक अघि जुम्लाको १४आँै जिल्ला परिषद्ले एक घर एक स्याउ बगैँचा भन्ने अवधारणा ल्याएपछि किसानलाई स्याउ खेतीमा केन्द्रीत गर्ने अभियान सफल बन्दै गएको हो ।

सुपरजोन जुम्लाका कृषि वैज्ञानिक जोगेन्द्र कान्तुका अनुसार पुराना स्याउ बिरुवाको संरक्षणसँगै नयाँ प्रविधिका काम सुपरजोनले गर्दै आएको छ । साउनमा अम्ब्रे, मेकलतोष स्याउ पाकिसकेका छन् । भदौ १५ पछि मात्र स्याउ टिप्न मिल्ने उनको सुझाव छ । एक दशकदेखि सुर्खेत–जुम्ला–कर्णाली राजमार्ग जोडिएपछि यहाँका किसान स्याउखेतीतर्फ बढी लागेका छन् ।

अहिले किसाले स्याउबाट रु २० हजारदेखि १५ लाख रुपियाँ आम्दानी गरिरहेका छन् । अहिले जुम्लामा कम्तीमा १२ जातका स्याउ फल्ने कृषि विज्ञले बताएका छन् । कृषि प्राविधिक शाहीका अनुसार जुम्लामा हाल रोपिएका फल्ने स्याउ गोेल्डेन डेलिसेस, रेड डेलिसेस, रोयल डेलिसेस, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, इटालिएन फुजी र गालासहित एक दर्जन स्याउका बिरुवा रोपिएका र फल्ने गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...