kiwi ilamइलाम: इलाममा उत्पादन भएको किविको बजार खोज्न धरानमा ‘इलाम किवी फल एक्स्पो २०७६’ हुने भएको छ । इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किवी एक्स्पो गर्न लागेको हो । एक्स्पोको सहआयोजकका रुपमा धरान उपमहानगरपालिका रहेको छ । उपमहानगरपालिकाले स्थानिय स्तरको समन्वय गर्ने वताइएको छ । किवी फलको बजार प्रर्वद्धनका लागि धरानमा आगामी पुर ३ र ४ गते किवि एक्स्पो हुन लागेको बाणिज्य संघका महासचिव हेमन्त गौतमले जानकारी दिए ।

वाणिज्य संघ इलामका महासचिव गौतमका अनुसार २ दिने किवी फल एक्स्पोले यसको वजारीकरणमा सहजता हुने छ । महंगो फलका रुपमा रहेको किविबाट जुस, जाम, अचार लगायतका परिकार बनाउन सकिन्छ । जिल्लामा यसको ब्यवसायिक उत्पादन सुरुभएको पनि धेरै वर्ष भयो । तर पनि यससँग सम्वन्धित उद्योग सञ्चालन हुन नसकेपछि बाहिरी जिल्लामा बजारीकरण तथा यसको प्रवद्र्धन गर्ने उदेश्यले एक्स्पो गर्न लागिएको वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताए ।

१० वटा स्टल रहने गरी गर्न लागिएको एक्स्पोबाट जिल्लामा उत्पादित किवि बिक्रि वितरणका साथै यसका फाइदाका बारेमा समेत जानकारी गराइने छ । धेरै फलफूलबाट पाउन सकिने भिटामिन एउटै किविबाट पाइने भएकाले पनि यो फल सेवन फलदायी रहने बताइएको छ । एक्स्पो पछाडी यसको महत्व बुझेर भएपनि आगामी वर्षबाट कृषकका घरघरमा नै आएर किवि खरिद गर्नेगरिको वातावरण मिल्ने वाणिज्यसंघको अपेक्षा छ ।

किवि एक्स्पोमा जिल्लामा उत्पादित ग्रिन टि, घिउ, ललीपप, अकबरे, खुर्सानी, बम्बैसन लगायतका वस्तुहरु समेत राखिने छ । जिल्लामा किवि उत्पादन सुरुभएको लामो समय भइसकेको छ । यसका लागि संघिय सरकारले सन्दकपुर गाउँपालिकामा मुख्य कार्यालय रहने गरि किविजोन परियोजना समेत सञ्चालन गरिरहेको छ । बिगत दुई वर्ष अगाडी इलाम उद्योग वाणिज्य संघले किवि खेती प्रवर्धन र उत्पादन गर्न गाउँगाउँका किसानहरुलाई सहयोग गरेको थियो । हाल बजारीकरणमा समेत सहयोग गर्न किवि एक्स्पो गर्न लागेको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर