Hidden
ऊर्जा सङ्कट हटाउन एलइडी बल्ब
काठमाडौँ -समितिको बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी हिउँदमा मुलुकभर नै सहज रुपमा विद्युत् सेवा उपलब्ध गराउन दुई करोड थान एलइडी बल्ब खरिद गर्न लागिएको जानकारी दिए ।
नेपाल–भारत ऊर्जामन्त्री र सचिवस्तरीय संयुक्त समितिको बैठकले गरेको निर्णयअनुसार नै सरकार–सरकारबीच नै सहमति गरेर बल्ब खरिद गर्न लागिएको उनको भनाइ थियो । सांसदहरुले बल्ब खरिदमा अनियमितता भएको र सार्वजनिक खरिद ऐनको प्रावधान मिचिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी निर्देशक घिसिङले भने – “बजारमा रहेको एकाधिकार अन्त्य गर्न र सरल तथा सहज रुपमा ऊर्जा जोगाउने लक्ष्यका साथ बल्ब खरिद गर्न लागिएको हो ।”
बजारमा गुणस्तरीय एलइडी बल्बको मूल्य रु ३५० पर्ने गरेको अवस्थामा प्राधिकरणले आयात गर्न लागेको फिलिप्स कम्पनीको बल्बको मूल्य रु १३० मात्रै पर्ने जानकारी दिए ।
उहाँले प्राधिकरणले ऊर्जा मिश्रण गर्ने रणनीतिअनुसार नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्न लागिएको र प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गरे ।
प्रकासित मिति