annapurna add

lokendra bista

बिहिबार बेलुकीको क्याबिनेट बैठकले भोलि संविधान दिवसको उपलक्ष्यमा प्रदान गरिने पदक तथा अलङ्कारसम्बन्धी निर्णय गरेको छ । स्रोतका अनुसार सबै दृष्टिकोणले विषम परिस्थिति देखिएको यो वर्षपनि गृह मन्त्रालयको सिफारिश र प्रधानमन्त्रीको अनुमोदनमा पाँच सयको हाराहारीमा पदक तथा अलङ्कार वितरण गर्ने योजना बनेको हो ।

यसपटक सबैभन्दा धेरै पदक स्वास्थ्यकर्मीहरूलाई पदक प्रदान गर्न लागिएको स्रोतको दाबी छ । चिकित्सकहरूमध्ये वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतलाई र हालै अवकाश भएका अख्तियार प्रमुख नवीन घिमिरेलाई पनि ठूलै पदक दिने निर्णय छ ।

सर्वोच्चका न्यायाधीश दिपक कार्की, उच्च अदालतका किशोर सिल्वाललाई पनि पदकको निर्णय गरिएको बताइएको छ । उता, दाङमा ड्रागन फ्रुट खेती गर्दै आएका माओवादीबाट असन्तुष्ट पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टलाई पनि पदक दिने निर्णय गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ गते बिहीबारको मन्त्रिपरिषद्को बैठकमा विष्टको नाम विभुषण, पद्वी अर्थात तक्माको लिष्टमा नपरेपछि तत्काल उहाँको नाम थप गर्न बैठकमै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको थियो ।

विभूषण प्रदान गर्ने व्यक्तिहरुको नाम छनौटसम्बन्धी प्रस्ताव हेर्दै प्रधानमन्त्री ओलीले पूर्वमाओवादी नेता विष्टको नाम छुटाउनु नहुने धारणा राख्नुभएको थियो। कृषिमा उल्लेखनीय योगदान गरेको आधारमा ओलीको सिफारिसमा विष्टले राज्यबाट तक्मा सम्मान पाउने भएका हुन्। तर, विष्टलाई दिइने तक्मा कुन श्रेणीको हो भन्ने चाहिँ खुलेको छैन। विष्टका फेसबुक स्ट्याटसहरु हेर्ने हो भने अधिकांश राजनीतिक स्ट्याटसमा ओलीलाई व्यंग्य गरिएका बढी नै शेयर गरिएका भेटिन्छन्।

तत्कालीन नेकपा माओवादीका पोलिटव्युरो सदस्य हुँदै पार्टीको नेतृत्वदायी स्थानसम्म पुगेका र देशको पर्यटनमन्त्री समेत भइसकेका विष्ट यतिबेला पार्टी राजनीति छाडेर दुर्लभ र औषधिजन्य ड्रागन फ्रुटसँगै, दुर्लभ तर स्वास्थ्यका लागि अति आवश्यक मानिएको कालो धानको खेती गर्दै आइरहेका छन्।

उनले नेकपा एमाओवादी विभाजित भई टुक्रा टुक्रामा पुगेपनि नेतृत्वले नचेतेको भन्दै इमान्दार कार्यकर्ताहरुलाई छिछि र दुरदुर गर्ने, नक्कली सुकिला मुुकिलाहरुलाई काखी च्याप्ने गरेको आरोप तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लगाउने पार्टीका पदहरु त्याग्ने स्वघोषणा गरेका थिए।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार