1478958692 banner ad format

 
 

काठमाडौँ - दाङका लक्ष्मण पौडेल जिविका चलाउन प्ररीमा जागिर खान्थे। द्वन्द्वकालमा माओवादीको दवाव थेग्न नसकेर जागिर छाड्नु प¥यो । त्यसपछि उनलाई परिवार पाल्न समस्या भयो । पोखरा पुगेर उनले घरघर डुल्दै चिनीयाँ घडी बेच्न थाले ।

Making agricultural production
त्यसले खासै आम्दानी नदिएका बेला उनलाई पुराना साथीले पोखरामा मसलाको ब्यापार गर्न आग्रह गरे । पौडेलको नाजुक आर्थिक अबस्था देखेर उनले सामान उधारोमा दिन थाले । ‘ब्यापार सुरु गर्दा मैले ४ सय रुपैयाँ लगानी गरेको थिएँ,’ उनले भने, ‘साथीले पठाइ दिएको टिमुरको छोप, बेसार, पिठोलगायतका सामग्री घरघर लगेर बेच्थें । श्रीमती मसँगै डोकोमा फलफूल बोकेर बेच्दै हिँड्थिन् ।’


उनलाई समान दिने तिनै साथीले भारतमा मसला उत्पादन गर्ने कम्पनीमा सिक्न पठाए । त्यहाँ मसला उत्पादन विधि सिकेर फर्केपछि उनले २०६६ मा कालिका विएम एग्रो उद्योग स्थापना गरे ।

उनि अहिले फावरको पिठो, सातु, आटा, टिमुरको छोपलगायतका सामग्री उत्पादन गर्छन । उनले केही महिनाअघि बुटवलमा भएको १५ दिने मेलामा आफ्ना उत्पादनसहित सहभागिता जनाए । मेलामा उनका उत्पादन ‘हटकेक’ जस्तै भए । त्यस अबधिमा उनले १८ लाख ५० हजार रुपैयाँको कारोबार गरेको सुनाए ।  मेलामा टिमुरको छोप मात्रै ७ हजार बट्टा बेचेको बताए।

 अहिले कृषि ब्यवसायलाई विस्तार गर्न नेपाल आन्ट्रप्रेनर हब (ल्भ्ज्ग्द्य) ले आयोजना गरेको झण्डै साढे दुई महिना लामो ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मा सहभागी भएका छन । उनले क्याम्पमा बसेर कसरी आफ्नो उत्पादनबाट उपभोक्ताको मन जित्ने तरिका सिकेका छन ।

Making agricultural production 3

‘आफ्नो उत्पादन कसरी गुणस्तरिय बनाउने, ब्यवसायमा घाटा लाग्यो भन्नासाथ नआत्तिने, नरिसाउने, थोरै नाफा खाएर घेरै बेच्ने विजनेस टिप्सहरू सिकेको’ उनले बताए । उनको ब्यवसाय गुणात्मक रुपमा विस्तार हुँदैछ । जग्गा लिजमा लिएर बुटवलमा उद्योग स्थापना गरेका उनले नवलपरासीको तुलसी नगरमा आफ्नै जग्गा लिएर उद्योग विस्तार गर्दै छन । 

कृषिमा आधारित ब्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा पौडेलजस्तै २५ ब्यवसायका ५० जना सहभागि भइरहेका छन् । यस क्याम्पलाई सघाएका छन् विश्व बैंक, इन्फोडेभले । राम्रा ब्यवसायमा लगानी गर्दै आइरहेको विजनेश अक्सिजन (विओटु) ले बुट क्याम्पमा साझेदारी गरिरहेको छ ।

Making agricultural production 4
बुट क्याम्पमा अहिले कृषिमा आधारित ब्यवसाय गर्दै आएका ती २५ वटा समुहले आफ्नो ब्यवसायिक योजनालाई उचाइमा पु¥याउने गरी तिखार्दै छन् । यस प्रकारको कार्यक्रमले छानिएका कृषि उत्पादनमा आधारित ब्यवसायलाई दीगो बृद्धितर्फ लैजान सघाउने आयोजकको विश्वास छ । यसबाहेक विजनेश गर्ने नयाँ आइडिया भएका स्टार्टअपहरूलाई आफ्नो दिमागमा भएको ब्यवसायलाई बजारसम्म पु¥याउन ब्यवसायिक र आर्थिक योजना बनाउन मद्दत गर्ने छ ।


क्याम्प अबधिमा सहभागीले कृषिमा आधारित ब्यवसायलाई विकास र विस्तार गर्न ठोस दक्षता हासिल गर्ने एनइहवका ब्रिजेन्द्र जोशी बताउनु हुन्छ । सहभागीलाई औद्योगिक विज्ञहरूले आपूर्ती सप्लाई चेन, भ्यालु एडेड, बजारिकरण, कानुनी प्रक्रिया, विक्री, वितरण, लगानी, साझेदारीलगायतका वषयमा प्रतिशिक्षित गरेका थिए ।


कसरी छानिए ति कृषि ब्यवसायमा आफ्नो भविष्य देख्नेहरू ?

Making agricultural production 2

एक छिन् बुट क्याप्पमा सहभागीहरूको छनौट प्रक्रियालाई नियालौं ।


दुई समुहमा विभाजन गरेर बुट क्याम्पका सहभागीलाई छानेको थियो । सुरुमा नयाँ आइडिया÷स्टार्टअप र ब्यवसाय गरिरहेकाहरूसँग फेब्रअरी १२ देखि मार्च १० सम्म छुट्टाछुटै आवेदन माग गरिएको थियो । यसमा देशभरिबाट ३८३ स्टार्टअप र २५८ वटा ब्यवसाय गरिरहेका गरी ६४१ ब्यवसायीले आवेदन गरेका थिए । दुवै गरी प्रि जजिङ राउन्डबाट ६५ स्टार्टअप र ४६ ब्यवसाय गरिरहेकाहरु छानिए ।


तीमध्ये स्टार्टअपहरूलाई पहिलो पटक ‘स्टार्टअप विकेन्ड’ मा सहभागी गराइएको थियो । यसअघि आइटी क्षेत्रमा इनोभेटिभ आइडिया भएकाहरूलाई स्टार्टअफ विकेन्डमा सहभागी गराउने अन्तराष्ट्रिय प्रचलन थियो । यसपाली नेपालमा कृषि ब्यवसाय गर्न खोज्ने स्टार्टअपहरूले त्यस्तो अबसर पाएका थिए ।

स्टार्टअप विकेन्डमा खासगरी सप्ताहान्तको शुक्रबार साँझदेखि आइतबार साँझसम्म ब्यवसायीले लगातार क्याम्पमा बसेर आफ्नो ब्यवसायीक योजनालाई तिखार्छन् । अप्रिल ७ देखि ९ तारिकसम्म लगातार ५४ घन्टा भएको कार्यक्रममा ३३ सहभागीले आआफ्ना आइडिया पिच गरेका थिए । त्यसबाट १० वटा आइडिया छानिएका थिए । तीमध्येबाटै अन्तमा ५ वटा आइडिया बुटक्याम्पका लागि छानिए ।


अर्कोतर्फ चालु कृषि ब्यवसायमध्ये ‘स्पिड डेटिङ’ का माध्यमबाट ४६ मध्ये अप्रिल १ मा २० वटा ब्यवसाय छानिए । ती ब्यवसाय कृषि ब्यवसायमा दख्खल राख्ने विभिन्न ब्यक्तिहरूको समुहले योजना मूल्यांकन र अन्तवार्ताका माध्यमबाट छनौट गरेको थियो ।


यसरी दुई समुहबाट छानिएका ५ स्टार्टअप र २० वटा चालु ब्यवसाय गरी २५ समुहलाई अप्रिल २१ देखि २७ सम्म भएको ‘एग्रिबिजनेश बुट क्याप्प’ मा सामेल गराइएको थियो । क्याम्पको साताभर हरेक दिन विभिन्न विषयका विज्ञले उनीहरूलाई सप्लाइ चेन, प्याकेजिङ, भ्यालु प्रपोजिसन, कस्टोमर सेग्मेन्टेसन, ब्रान्डिङ, फाइनान्स, सेल्स एन्ड डिस्ट्रिब्युसनलगायतका विषयमा प्रशिक्षण दिएका थिए । अन्तिम दिन सहभागीहरूले आफ्नो प्रस्तुति दिएका थिए । निर्णायकहरूले तीमध्येबाट उत्कृष्ट २० जनालाई छानेका थिए ।


अन्तिममा छानिएकाहरूलाई मे २८ र २९ मा हुने मेन्टरसिप (प्रशिक्षण) कार्यक्रममा सहभागी गराइने एनइहवका जोशीले जानकारी दिए । यसरी छानिएका ब्यवसायीहरूलाई उनीहरूको कृषिमा आधारित ब्यवसाय बृद्धिका लागि ‘तयार ब्यवसाय’ बनाउन समुहपिच्छे एक्लाएक्लै प्रशिक्षण दिइँदै छ । त्यसपछि ती ब्यवसायिक समुहलाई नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टर (ल्ब्द्यक्ष्ऋ)लाई हस्तान्तरण गरिने छ । सेन्टरले ब्यवसायलाई लगानी गर्नेहरूसँग सहजीकरण गर्ने, ब्यवसाय विस्तार गर्न देखिएका चुनौतीहरूको समाधान गरिदिने, प्रशिक्षण र परामर्श दिनेलगायतका काम गर्ने छ ।

Making agricultural production 2
यसरी छानिएका उत्कृष्ट ब्यवसायमा चिया, कफी, केरा, अचार, मसला, मह, जडिबुटी, खाद्य प्रसोधन, नरिवलको पातबाट दुना टपरी बनाउनेलगायतका ब्यवसाय छन् ।


बुट क्याम्प अबधिमा सहभागीहरूले आफ्नो ब्यवसायलाई विकास र विस्तार गर्न भरपूर दक्षता हासिल गरेका छन् । कुनै योजनाबिना ब्यवसाय सुरु गरेका बेला बुट क्याम्पमा बसेर बजार खोज्ने, ब्यवसायिक योजना बनाउने, उत्पादित बस्तुको गुणस्तर कायम गर्ने, स्तरीय प्याकेजिङ कसरी गर्ने जस्ता कुराहरू सिकेको कालिकाका पौडेल बताउँछन् । ब्यवसाय विस्तार गर्ने यस्तो महत्वपूर्ण अबसर दिलाए भन्दै उनले क्याम्प आयोजकप्रति आभार ब्यक्त गरे ।


कतिपय योजनाले बुट क्याप्पकै अबधिमा लगानीकर्तासमेत भेटिसकेका छन् । बुट क्याम्पमा साझेदारी गरिरहेको विजनेश अक्सिजनले उत्कृष्टमध्ये ७ वटा ब्यवसायमा लगानी गर्ने इच्छा जाहेर गरेको एनइहवकी सुसन कर्माचार्य बताउनु हुन्छ । ‘संसारमै पहिलो पटक भएको यस्तो क्याम्पको अनुभव अन्य मुलुकमा समेत विस्तार गर्ने विश्व बैंकले योजना बनाएको छ,’ उन्ले भने।

प्रकासित मिति

Loading...