Hidden
सुमेघले काठमाडौं-नारिता चार्टर उडान गर्दै, उडानमा दुई दिनको समयावधि
काठमाडौं। सुमेघ टुर्स एण्ड ट्राभलले नेपाल वायुसेवा निगमको वाइडबडी ३३०-३०० जहाजमार्फत काठमाडौं-नारिता-काठमाडौंका लागि दुईवटा चार्टर उडान गर्ने भएको छ।
फाइल तस्विर
नेपाल वायु सेवा निगमले जापान उडानका लागि टाेक्याेकाे नारिता विमानस्थल प्राथमिकतामा राखे पनि उडान स्लट नपाएका कारण नारिताकाे सट्टा ओसाकामा नियमित उडानकाे तयारी गरिरहेकाे छ।
तर सुमेघ टुर्स एण्ड ट्राभलकाे पहलपछि निगमको विमानबाट काठमाडौं-नारिता-काठमाडौंमा सेटेम्बर २६ तारिखमा पहिलो चार्टर उडान र अक्टोबर दुई तारिखमा दोस्रो चार्टर उडान हुन लागेको हाे। दुवै चार्टर उडानमा दुई दिनको समयावधि रहेको निगमले जानकारी दिएकाे छ।
चार्टर उडानका लागि निगमले सुमेघ टुर्स एण्ड ट्राभलसँग सम्झौता समेत गरेको विहिवार जानकारी दिएकाे छ। निगमले जापानमा बस्दै आएका गैरआवसिय नेपाली र जापानी नागरिकको मागलाई मध्यनजर गर्दै चार्टर उडान गर्न लागेकाे निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए।
'व्यवसायीहरुको माग अनुसार चार्टर उडान गर्न लागिएको हो। यो चार्टर उडानले निगमको सेवामा थप विस्तार हुने अपेक्षा लिएका छौँ' प्रवक्ता चन्दले भने। निगमका अनुसार वाइडबडी ३३०-३०० जहाजमार्फत काठमाडौं-नारिता-काठमाडौं चार्टर उडान समय १४ घण्टा ३० मिनेटको रहेको छ।
यसैगरी निगमले अगस्ट २९ तारिखदेखि काठमाडौं-ओसाकामा रुटमा पनि नियमित उडान गर्न लागेको छ।
प्रकासित मिति