1478958692 banner ad format

 
 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच आज विद्युत् खरिद सम्झौता भएको छ । 

Nepal Electricity Authority and ER Nyadi power

लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाईंबीच हस्ताक्षर भएको छ । 

सम्झौतानुसार हिउँदमा प्रतियुनिट रु ८.४० र वर्षामा भने रु ४.८० पैसामा प्राधिरणले विद्युत् खरिद गर्ने भएको छ । गुरागाईंका अनुसार आयोजना निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतको दरले महसुल वृद्धि हुनेछ । 

न्यादी खोलाको ६.८ घमि प्रतिसेकेन्ड पानीलाई ३० मि लामो र तीन मि उचाइको बाँध बाँधिनेछ । उक्त आयोजनाको पानीलाई सुरुङमार्फत काफलडाँडा पु¥याएर विद्युत् उत्पादन गरिनेछ । विसं २०७९ साउन ९ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको तारीकुना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने कार्यकारी सञ्चालक गुरागार्इंले जानकारी दिए ।

प्रकासित मिति

Loading...