Hidden
तोडियो एकाधिकार, नेपालले तेस्रो मुलुकबाट पनि इन्धनको कारोबार गर्न सक्ने
इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग एकलौटी रूपमा इन्धनको कारोबार गर्दै आएको नेपाल आयल निगम निकट भविष्यमा नै तेस्रो मुलुकबाट पनि इन्धनको कारोबार गर्न सक्षम हुने भएको छ ।
निगम र आईओसीबीच भारतको दिल्लीमा हुन लागेको इन्धन कारोबार सम्झौता नवीकरणमार्फत नेपालले भारतको विकल्पमा तेस्रो मुलुकबाट पनि इन्धनको कारोबार गर्न सक्ने व्यवस्था गर्न लागिएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
निगमका प्रबन्ध निर्देशक गोपाल खड्काका अनुसार आईओसीसँग सोमबारदेखि हुन लागेको सम्झौता नवीकरण बैठकमा नेपालले ६ वटा एजेन्डालाई प्राथमिकताका साथ उठाउने भएको छ । उनले भने, ‘यी ६ वटै एजेन्डामा पटकपटक भारतीय टोलीसँग छलफल र वार्ता सम्पन्न भइसकेको छ, उनीहरूले करिब करिब सहमति पनि जनाइसकेका छन्, सम्झौतामार्फत मूर्त रूप दिन मात्रै बाँकी छ ।'
सन् २०१२ को मार्चमा भएको सम्झौताको अवधि यही मार्च महिनामा सकिएको छ । सम्झौता नवीकरणका लागि आपूर्ति मन्त्री दीपक बोहोराको नेतृत्वमा मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठ, निगमका प्रबन्ध निर्देशक खड्का, निमित्त उपप्रबन्ध निर्देशक सुशील भट्टराई र नागेन्द्र साह सोमबार नै भारत प्रस्थान गरेका छन् । आगामी सन् २०२२ को अप्रिलसम्मका लागि सम्झौता नवीकरण हुन लागेको छ ।
तेस्रो मुलुकबाट आयात नवीकरणको दस्तावेजमार्फत नेपालले तेस्रो मुलुकबाट जुनसुकै समयमा इन्धन भित्र्याउन पाउने र तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भारतमा प्रशोधन गरी नेपाल भित्र्याउन पाउने विषयमा व्यवस्था गर्न लागिएको छ ।
प्रबन्ध निर्देशक खड्काले यो विषयमा हालै राजधानीमा सम्पन्न भएको आईओसी र निगमबीचको टोली बीचको पूर्वतयारी बैठकमा छलफल भइसकेको बताए । ‘यस विषयमा भारतीय टोलीले नेपालले तेस्रो मुलुकबाट इन्धन भित्र्याउन पाउने विषयमा सहमति जनाइसकेको छ,' उनले भने,‘ सम्झौतामा यो विषयमा आईओसीले हस्ताक्षर गर्ने प्रवल सम्भावना छ ।' उनका अनुसार यो सम्झौता पश्चात अन्य मुलुकमा इन्धन सस्तो भेटिएको अवस्थामा आयात गर्न बाटो खुल्नेछ ।
प्रकासित मिति