1478958692 banner ad format

 
 

इलाम। खेती सुरु भएको डेढ शताब्दी बितिसक्दासमेत चियाको आफ्नै प्रजाति विकास गर्न नसक्दा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सकेको छैन । 

Nepali tea

रैथाने प्रजाति विकास गर्र्ने प्रयास भए पनि सो विफल भएको छ । हिमालयन टी प्रोड्युसर्स एसोसिएसन (होट्पा) नामक संस्थाले पहल थाले पनि निरन्तरता नपाउँदा निष्प्रभावी भएको हो । 

सबैभन्दा पुरानो इलाम चिया बगानका बोटबाट बीउ ल्याएर नयाँ र मौलिक प्रजाति विकास गर्ने उसको अभियान संस्थाको निष्क्रियतासँगै असफल रह्यो । यसबाहेक कसैले पनि आफ्नै प्रजाति विकासको प्रयास गरेका छैनन् । 

सन् २००४ देखि तीन वर्षसम्मको कार्यक्रम सकिएपछि फिक्कलमा अलपत्र भएको नर्सरी चिया तथा कफी विकास बोर्डलाई हस्तान्तरण गरियो । तर उचित व्यवस्थापन हुन नसक्दा त्यसको अस्तित्व नै समाप्त भयो । 

नेपालमा नै पहिलोपटक तत्कालीन बडाहाकिम गजराज सिंह थापाले इलाम चिया बगानमा विसं १९२० मा चिया रोपेका थिए । त्यतिबेलादेखिका बोट अझै पनि रहेकाले त्यसबाट आफ्नै प्रजाति निकाल्न सम्भव रहको चियाका जानकार कन्यामका काजीमान कागते बताए। 

चियाको विकासका लागि क्रियाशील चिया तथा कफी विकास बोर्डमार्फत नै दीर्घकालीन योजना बनाएर प्रयास भए अझै पनि नेपाली क्लोन निकाल्न सकिने उनको भनाइ छ । चियाका प्रजातिमा तक्दा ७८, तक्दा ८३, आम्बाणी एभी २ (गुम्ती) र थोरै मात्रामा चाइनिज प्रजाति भेटिन्छन् । 

होड्पाले बगानमा बुस छनोट गर्नेदेखि भारतबाट वैज्ञानिक ल्याएर आफ्नैै ‘क्लोन’ विकास गर्न पर्याप्त प्रयास गरेको थियो । करिब एक दशक लाग्ने उक्त अभियान तीन वर्षमा छाडिएपछि नेपालको चिया विश्वमा चिनाउने अभियान असफल भएको हो । 

“अभियान पूरा भएको भए नेपालको चिया चिनाउन र बजार प्रवद्र्धनका लागि मद्दत पुग्थ्यो,े” कागतेले भने । 

प्रविधि विकासका प्रयास असफल 

होड्पाअन्तर्गत नै रहेको हिमटेक्सले माटो परीक्षणका लागि ल्याएको सोइल टेष्ट ल्याब टी बोर्डलाई जिम्मा दियो । चिया खेतीका लागि माटो परीक्षण अनिवार्य भन्दै बोर्डले फिक्कलस्थित चिया विस्तार आयोजनामा ल्याब राखेको छ । ल्याबमा चिया खेतीका लागि खासै माटो परीक्षण गर्न किसान आएनन् । दक्ष जनशक्ति अभावमा ल्याब प्रभावकारी हुन सकेको छैन । 

चिया अनुसन्धान, माटो परीक्षण, टी टेस्टिङजस्ता कार्यका लागि प्रयोगशाला स्थापना गरिएको थियो । प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालनको तयारी भइरहेको चिया तथा कफी विकास बोर्डका बिर्तामोडस्थित क्षेत्रीय कार्यालयका निर्देशक इन्द्र अधिकारी बताए । 

पछिल्लो समय केन्द्रीय चिया सहकारी सङ्घ र जिल्ला सहकारीले कृषक तहमा पुगेर गुणस्तरीय उत्पादनका लागि पहल गरिरहेका छन् । चिया खेती प्रवद्र्धनका लागि टी बोर्डलगायत विभिन्न संस्थाले महत्वकाङ्क्षी योजना अघि सारे पनि उपलब्धिमूलक परिणाम नदेखिएको कृषकको गुनासो छ । 

चियाको प्रविधि विकासमा गरिएको लगानी खेर गइरहेको र कृषकले सहुलियत ऋण, दक्ष जनशक्ति, बजार अनिश्चिताको अभाव सधैँ खेपिरहनुपरेको साँखेजुङका चिया कृषक नवराज दाहाले बताए | 

मुलुकमै पहिलोपटक चिया खेती सुरु भएको इलाम चियाको राजधानी भनेर चिनिए पनि सरकारले चिया क्षेत्रमा खासै चासो नदिँदा चिया खेतीमा संलग्न कृषक रुष्ट छन् । चिया तथा कफी विकास बोर्डले चिया उत्पादन हुने पूर्वका विभिन्न स्थानमा चिया विस्तार आयोजना कार्यालय स्थापना गरे पनि नर्सरीका लागि चियाका डाला वितरण गर्ने र सामान्य प्राविधिक ज्ञान दिनेबाहेकका काम गर्न सकेको छैन ।

प्रकासित मिति

Loading...

 

yummyfood