annapurna add

काठमाडाैं । जुवाखालबाट पक्राउ परेका एनआइसी एसिया बैंकका प्रमोटर रामचन्द्र संघाईबिरुद्ध सम्पति सुद्दिकरणको मुद्दा चल्ने भएको छ ।

संघाईसहित सोमबार कमलादीस्थित जुवाखालबाट समातिएका ९ मारवाडीमाथि सम्पत्ति शुद्धिकरण मुद्दा पनि लाग्ने भएको छ ।

अहिले उनीहरू जुवा ऐनअन्तर्गत ५ दिन म्याद थपिएर दरबारमार्ग प्रहरी हिरासतमा राखिएका छन् । ९ मध्ये आज मंगलबार ५ को बयान सकिएको छ । सबैले बयानमा पारिवारिक र व्यक्तिगत जमघटमा सामान्य रमाइलोका लागि तास खेलेको बताएका छन् ।

पक्राउ परेलगत्तै उच्च राजनीतिक दबाबका कारण उनीहरूलाई प्रहरीले सोमबार नै हाजिर जमानीमा छोड्न खोजेको थियोे । तर, सरकारी वकिलको कार्यालयले मानेन ।

‘हामी लकडाउन नभनी सधैं अफिस आउने, पैसावाल मान्छेलाई चाहिँ हाजिर–जमानीमा किन छड्ने ?’ एक सरकारी वकिल प्रहरीसँग कड्किए ।

त्यसपछि यी मारवाडी थुनुवाहरु अहिले दरबारमार्ग प्रहरी बृत्तस्थित अधिकृत क्वार्टरमा बसेर हिरासत अवधि गुजार्दैछन् । उनीहरूका लागि घरबाट ल्याइएको ‘मारवाडी भोजन’ त्यहाँका प्रहरीले पनि बाढचुढ गरेर खान्छन् ।

एनआइसी एसिया बैंकका प्रमोटर संघाई त्रिवेणी ग्रुपसम्बद्ध संघाई कपडा र टेक्सटायल व्यवसाय पनि हेर्ने गर्दछन् । उनीमाथि सर्वसाधारण निक्षेपकर्ताको बैंक मौज्दात जुवा खेलेर उडाएको आरोप लागेको छ ।

विभिन्न काण्ड घटाएर आफ्ना कर्तुत लुकाउन मिडियाहरुलाई महँगो बिज्ञापन दिदै आएका एन आइसी एसिया बैंकका सीइओदेखि संचालकसम्मको असली अनुहारहरु हामी एक एक गर्दै बाहिर ल्याउने नै छौं ।

संघाईसँगै झापाको एक प्रतिष्ठित चिया बगानका सञ्चालक गोविन्द सरियामाथि पनि सम्पति शुद्धिकरण मुद्दा चल्ने भएको छ ।उनीमाथि हुण्डी कारोबारको आरोप लाग्दै आएको छ । सरियालाई जोगाउन पूर्वतिर घर भएका एक भूपू आइजिपी पनि सक्रिय छन् । यस्तै, विशाल ग्रुपसम्बद्ध अशोक अग्रवाल पनि सम्पत्ति शुद्धीकरणमा पर्ने प्रहरीस्रोतले जनाएको छ । उनी उक्त ग्रुपका मुख्य सञ्चालक त्रिलोक अग्रवालका भतिजा हुन् ।

विशाल ग्रुप नेपालमा नगदको कारोबार गर्ने सबभन्दा ठूलो व्यापारिक समूह हो । यसले विशेषतया आयात व्यवसाय गर्दछ । नेपालमा गार्मेन्ट व्यवसाय फस्टाएको समयका चल्तापुर्जा मानिने सुरेश अग्रवाल पनि सोमबार खालबाट समातिएका छन् ।

अहिले उनी कपडाको व्यापार गर्छन् । पछिल्लो समय चर्चामा आउने गरेको मेरियट होटलका मालिक सुमित अग्रवाल सुरेशका नातेदार हुन् । सम्पत्ति शुद्धीकरणमा तानिने अर्का मारवाडी हुन्, नन्दकिशोर शर्मा ।

नेपालमा छोटो समयमा धेरै फस्टाएको ज्योति लाइफ इन्स्योरेन्स उनै नन्दकिशोरको हो ।

अर्का छन्, पुरुषोत्तम घिरैया । कपडा व्यवसायका अग्रणी मानिने श्यामसुन्दर घिरैयाका भाइ हुन्, पुरुषोत्तम । जुवा खेलाउने निकी जोगाई पनि सम्पत्ति शुद्धीकरणमा पर्दैछन् ।

पुतलीसडकमा १५ वर्ष मिठाई बेचेर कमलादीमा बुटिक होटलदेखि काठमाडौंमा अर्बौंको कारोबारमाथि प्रश्न उठाएर मुद्दा चलाउन लागिएको स्रोतले जनाएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...