1478958692 banner ad format

 
 

पोखरा  । रामबजार युथ क्लबको आयोजनामा पोखरा लेखनाथ महानगरपालिकाको रामबजारमा यही असोज २० देखि २८ गतेसम्म पाँचौँ रामबजार महोत्सव हुने भएको छ । 

कला र संस्कृतिको प्रवद्र्धन एवं जगेर्ना गरी आन्तरिक एवं बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने क्लबका सचिव राजु आलेले जानकारी दिए । 

महोत्सवमा लोकनृत्य, बाल उद्यान, जातीय झाँकीको प्रस्तुति, स्थानीय एवं राष्ट्रियस्तरका कलाकारको प्रस्तुति, पञ्चेबाजा, नौमती बाजा, मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम गरिनेछ । 

महोत्सवमा १० वटा स्टल राखिनेछ । महोत्सव ७० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्न अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न सातवटा उपसमिति पनि गठन गरिएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood